राष्ट्रपतिका विषयमा सहमति भएको छैन : उपाध्यक्ष सापकोटा

इकागज | फागुन ७, २०७९

सिन्धुली - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्ने बताएका छन् । 

प्रेस सेन्टर सिन्धुलीले आज दिउँसो सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय सहमति विना राष्ट्रपति चयन हुन नसक्ने बताए । 

राष्ट्रपति कुन दल वा व्यक्तिलाई हो भनी हालसम्म कहीँ कसैसँग सहमति नभएको र राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुनुपर्ने पार्टीको आधिकारिक धारणा रहेको जानकारी दिए । 

परिस्थिति जटिल, पेचिलो बन्दै गएको र सहमतिबाटै राष्ट्रपति चयन गर्न अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागिपरेकाले सहमतिबाटै राष्ट्रपति चयन हुने विश्वास व्यक्त गरे । उम्मेदवारी दर्ता गर्ने दिनसम्ममा केही निष्कर्ष निक्लनेमा उनले विश्वास व्यक्त गरे । 

विगतका अनुभवबाट शिक्षा लिएर सर्वमान्य व्यक्ति, गणतन्त्रको रक्षा, संविधानको रक्षा गर्ने, परिवर्तनका निम्ति प्रतिबद्ध व्यक्ति नै अबको राष्ट्रपति हुने बताए । 

अबको राष्ट्रपति कांग्रेसबाट बन्नुहुन्छ, त्यसमा कुनै शंका छैन : महामन्त्री शर्मा

इकागज | फागुन ७, २०७९

सुर्खेत - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् ।&nbs...

एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्छ : माधव नेपाल

इकागज | फागुन ७, २०७९

काठमाडौँ - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सत्तारुढ गठबन्धनको टुंगो लाग्ने बता...

वर्तमान सरकार नागरिकको विचार अभिवृद्धिको सम्मान गर्छ : प्रधानमन्त्री

इकागज | फागुन ७, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बता...

राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भयाे : माधव नेपाल

इकागज | फागुन ७, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धन ...

दुर्गा प्रसाँईको गतिविधिबारे ओलीको जवाफ : कार्यक्रम पार्टीले चलाएको होइन, कारबाहीको किन चिन्ता ?

बाबुराम भण्डारी | फागुन ७, २०७९

विराटनगर - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य दुर्गा प्रसाँईमाथि कारबाही हुने...

दुई/चार जना मान्छे देख्यो भने ज्ञानेन्द्रजीलाई पुरानो झल्कोले जोस्याउँछ, अरु केही होइन : ओली

इकागज | फागुन ७, २०७९

काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पहिलेकै झल्को आइरहेको ट...

दल र नेताहरूको असफलताले राजसंस्था पुनर्स्थापना हुने होइन

इकागज | फागुन ७, २०७९

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिँदै राजा ज्ञानेन्द्रले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव गरिन...