गठबन्धनले नयाँ सरकार गठन गर्छ : नेता कोइराला

इकागज | मंसिर २०, २०७९

विराटनगर - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उनले आगामी सरकारले जनताले चाहेको सुशासन, भ्रष्टाचारको अन्त्य, विकास र समृद्धि पूरा गर्नुपर्नेजस्ता चुनौती रहेको बताए । 

उनले भने, “इतिहास रचेको कांग्रेस पार्टीको शाख र विचार आगामी दिनमा जोगाउन र राजनीतिलाई सही बाटोमा लग्ने जिम्मा युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने छ ।” नेता कोइरालाले कुनै विवाद विना एक ढिक्का भइ पार्टीलाई पुरानो अवस्थामा फर्काउनुपर्नेमा जोड दिए । उनले निर्वाचनमा कांग्रेसले प्राप्त सिट सङ्ख्या वृद्धि भए पनि सात प्रतिशत मत घटेकोमा गम्भीर हुनुपर्छ भन्दै यसका लागि स्वतन्त्र एक छानबिन समिति गठन गर्नुपर्ने बताए । 

रासस

जनादेशलाई गणितीय जोडघटाउले मात्रै नहेरौं : महामन्त्री शर्मा

इकागज | मंसिर २०, २०७९

झापा - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जित नभई परिवर्तनक...

गगनको आक्रोश : लौ न त देश बदलौँ भन्दा बाबुहरूको उमेर कति छ भनेर साेध्ने ?

बाबुराम भण्डारी | मंसिर २०, २०७९

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाएर देशको अवस्थ...

नेकपा एसका महासचिव भुसालले भने : राम्राे काम गर्न गण्डकी प्रदेशमन्त्री गुरुङबाट सिक्नुपर्छ

इकागज | मंसिर २०, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्र...

काठमाडौं छिरेपछि सिके राउतको म्याराथन : एक सातामै भेटे सबै शीर्ष नेता

इकागज | मंसिर २०, २०७९

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) यतिबेला राजनीतिक भेटघाटमा व्यस्त छन् । ४ ...

महाकाली प्रकरणमा एमालेले भन्यो- सिमानामा एकलौटी संरचना बनाउन मिल्दैन

इकागज | मंसिर २०, २०७९

काठमाडौं - नेकपा एमालेले महाकाली नदीमा भारतले एकलौटी रूपमा अगाडि बढाएको कामलाई रोक्न सरकारसँग माग ...

अखिलले भन्यो– सीमा मिच्दा समेत नबाेल्ने सरकारको भत्सर्ना गर्छाैं

इकागज | मंसिर १९, २०७९

काठमाडौँ - भारतले महाकाली नदीको बहाव नै नेपालतर्फ धकेल्ने गरी सीमा क्षेत्रमा बनाएको पक्की संरचनाको विर...