विकृत निर्वाचनले लोकतन्त्रलाई कमजोर बनायो, सोचमा पुनरावलोकन गरौं : पोखरेल

इकागज | मंसिर १७, २०७९

महोत्तरी- नेकपा माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउँदै लगेको आरोप लगाएका छन् ।

निर्वाचनको विकृत पक्ष झाँङ्गिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले वामपन्थी समेत यो चेतबाट पृथक नरहेको धारणा राखे ।

पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुँदा पनि निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषयमा जोडदार आवाज उठाउँदै आएको जिकिर गर्दै आफूहरुले भनेजस्तो नभएको हुनाले यसको औचित्य पुष्टि हुँदै गएको बताए ।

उनले निर्वाचनको विषयमा सोच्न बाध्य बनाएको र यस विषयमा शसक्त हस्तक्षेपकारी छलफल चलाउन आमपार्टी, बौद्धिक वर्ग र नागरिक समाजसँग माग गरेका छन् ।

चुनाव परिचालनका नाममा हुने अघोषित शक्ति प्रदर्शनले चुनाव थप विकृत बन्दै गएको आरोप लगाउँदै नेता पोखरेलले विवेकपूर्ण मताधिकार बन्दी बन्दै गएको बताए ।

लगातार तीन पटक महोत्तरी-१ बाट विजयी भएका पोखरेल यो निर्वाचनमा भने एमालेका लक्ष्मी महतोसँग पराजित भएका छन् ।

एकीकृत समाजवादीले भन्याे : माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार

इकागज | मंसिर १६, २०७९

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ...

'एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनुपर्ने'

इकागज | मंसिर १६, २०७९

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीक...

बालकोट पुगेर शेरधन राईले ओलीलाई दिए कांग्रेससँग संवाद गर्न सुझाव

इकागज | मंसिर १६, २०७९

काठमाडौं- नेकपा एमाले नेता शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली कांग्रेससँग सहकार्य...

अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र

इकागज | मंसिर १६, २०७९

काठमाडौं- विवेकशील साझा पार्टीले आम निर्वाचन २०७९ मा समानुपातिकतर्फ जम्मा ७८९ मत पाएको छ । नि...

दोलखामा ९ हजार ७ मत गणना : कार्कीले ५०३५ मत पाउँदा शिवाकोटीले कति पाए ?

इकागज | मंसिर १६, २०७९

काठमाडौँ- दोलखामा बिहीबार बेलुका ९ बजेबाट सुरू भएको मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा क...

माओवादी नेता वर्षमान पुनलाई फेरि जण्डिसले सतायो, उपचारका लागि आजै चीन जाँदै

इकागज | मंसिर १६, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् । ...