जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छु : नेता पौडेल

इकागज | पुस २, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले निर्वाचनका बेला जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन् । 

काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले आज यहाँ आयोजित अन्तक्र्रियामा आफ्नो विजयलाई अवसरका रूपमा लिएको बताउँदै आगामी दिनमा जनताका कामलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाए । 

'आगामी पाँच वर्षमा राजनीतिक बेथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाचा पूरा गर्ने काममा लाग्नेछु', उनले भने । 

नेता पौडेलले उत्पादनमूलक उद्योग सञ्चालनमा ल्याएर आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरी निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको बताए । निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने उनको भनाइ छ । 
रासस

म अहिल्यै मन्त्री बन्दिनँ, पार्टीमा गर्नुपर्ने काम धेरै छन्ः महामन्त्री शर्मा

इकागज | पुस २, २०७९

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्...

विजय गच्छदार र रेशम चौधरीबीच भेटवार्ता, डिल्लीबजार कारागारमा एक घन्टा छलफल

इकागज | पुस २, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीब...

कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छः महामन्त्री थापा

इकागज | पुस २, २०७९

काठमाडौँ - काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको न...

बिजुक्छेकाे आरोप : भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गर्‍याे

इकागज | पुस २, २०७९

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रप...