‘आमजनता पार्टी’ दर्ता गर्दै प्रभु साह, चुनाव चिन्ह मोबाइल, ६ पुसमा तदर्थ समिति गठन गर्ने

इकागज | मंसिर २७, २०७९

काठमाडौँ - रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रभु साहले नयाँ पार्टीको नाम टुंगो लगाएका छन् । लामो आन्तरिक गृहकार्य र छलफलपछि साहले ‘आमजनता पार्टी’ नाम जुराएका छन् ।

त्यसका लागि आगामी ६ पुसमा सातैवटा प्रदेशका प्रतिनिधित्व हुने गरी तदर्थ समिति गर्न काठमाडौंमा बृहत् भेला गरिने भएको छ । 

भेला व्यवस्थापनको जिम्मा इच्छाबहादुर वाग्ले, पार्टीको विधान तयार पार्ने जिम्मा प्रभु साह र देशभरिका स्वतन्त्र सांसदमा उम्मेदवारी दिएर जसले पाँच हजार मत ल्याएका छन्, उनीहरूलाई भेला पार्ने जिम्मा बद्रीप्रसाद न्यौपानेलाई दिइएको छ । न्यौपाने चुनावका बेला एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएर प्रभु साहको अभियानमा लागेका थिए । वाग्ले बाराबाट कांग्रेसका बागी उम्मेदवार बनेका थिए ।

साहले आफूहरूसँग प्रतिनिधिसभामा तीन र प्रदेशसभामा ६ गरी नौ जना सांसद रहेको दाबी गरेका छन् । जसमा रौतहट ३ बाट विजयी प्रभु साह, रौतहट २ मा विजयी किरण साह र मोरङ ५ मा विजयी योगेन्द्र मण्डल रहेका छन् । गत २४ मंसिरमा काठमाडौंको गौशालास्थित शिवम् पार्टी प्यालेसमा सबैलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांसद मण्डलले आफ्ना प्रतिनिधि पठाएका थिए । किरण साह भने आउँछु भनेर अन्तिममा उपस्थित भएनन् ।

कार्यक्रममा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभामा विजयी सुरुल पुन (रुकुम), दीपेन्द्रबहादुर पुन (रोल्पा), दीपेन्द्रबहादुर शाही (जुम्ला), खड्ग बस्नेत (नवलपरासी), केशव राय चौधरी (रौतहट) र जवाहरलाल कुशवाह (सर्लाही) लाई सम्मान गरिएको थियो ।

नयाँ सरकार गठनप्रति दलहरू उदास, रास्वपा छाडेर नागरिक उन्मुक्ति फकाउँदै

इकागज | मंसिर २७, २०७९

काठमाडौँ - आमनिर्वाचन २०७९ को अन्तिम परिणामसँगै समानुपातिक बाँडफाँटमासमेत टुंगो लागेको छ । निर्वाचन ...

गोकुलको प्रश्‍न : गगन र विश्वप्रकाशले बोल्न अझै केही बाँकी छ कि गरेर देखाउन धेरै बाँकी छ ?

इकागज | मंसिर २७, २०७९

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अध्यादेशबारे नेपाली कांग्रेसका महामन्त्रीद्...

निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

इकागज | मंसिर २७, २०७९

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची ...

प्रदीप पौडेलले भने - करिडोर निर्माणले चक्रपथको सवारी जाम कम हुन्छ

इकागज | मंसिर २६, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले करिडोर निर्माणले चक्रपथ क्षेत्रको सवारी जाम कम हुने बत...

सरकारको अध्यादेश ल्याउने निर्णयप्रति कांग्रेस उपसभापति गुरुङ पनि असन्तुष्ट

इकागज | मंसिर २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि सरकारले जारी गर्न लागेको अध्यादेशप्रति अस...

अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास लोकतन्त्रको उपहास : शेखर कोइराला

इकागज | मंसिर २६, २०७९

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले अदालतले ...

स्नातक तहको परीक्षाफल प्रकाशनमा भएको त्रुटि सच्याउन अखिलको माग

इकागज | मंसिर २६, २०७९

काठमाडौँ - अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियले त्रिविअन्तर्गत स्नातक तहको सम्पूर्ण सेमेष्टर प्रणाली सन् २०१...