कांग्रेस संसदीय दलको चुनाव

इतर समूहबाट गगन एकल उम्मेदवार, शेखरले प्रस्ताव गर्ने

इकागज | पुस ५, २०७९

काठमाडौँ - नेपाली कांग्रेसको संसदीय दलको चुनावमा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा एकल उम्मेदवार हुने भएका छन् । केहीबेर अघि सकिएको समूहको बैठकले गगनलाई एकल उम्मेदवार बनाउने निर्णय गरेको इतर समूहका एक नेताले इकागजलाई जानकारी दिए ।

उनका अनुसार गगनलाई एकल उम्मेदवार बनाउन इतर समूहका नेता डा. शेखर कोइराला सहमत भएका हुन् । शेखरले नै गगनलाई उम्मेदवार प्रस्ताव गर्ने ती नेताले बताए । सहमति केहीबेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै छ । 

संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा उम्मेदवार हुने पक्का भइसकेको छ । थापाले गत चुनावमै प्रचार प्रसारका क्रममा आफू प्रधानमन्त्रीको उम्मेदवार हुने बताएका थिए । 

हामीले उठाएका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौं : सिके राउत

इकागज | पुस ४, २०७९

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरूले उठाएको किसानका मुद्दाहरूलाई सम्बोधन गर्ने प्रति...

अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्छ : जबरा

इकागज | पुस ४, २०७९

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले राप्रपा पुराना प...