शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल

इकागज | पुस ६, २०७९

काठमाडौँ - डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए । ओली, प्रचण्ड र खनाल सँगै तीनवटा कुर्सीमा बसेका थिए । त्यहीबेला उनीहरूबीच संवाद भएको हो । 

एमाले अध्यक्ष ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनै जना कुराकानी गरिरहेको देखिन्छ । निर्वाचनको परिणामपछि तीनै नेताबीच पहिलोपटक छलफल भएको हो ।

कांग्रेस महामन्त्री थापाको चेतावनीः अँध्यारो कोठाभित्र हुने निर्णयलाई कांग्रेसले बोक्ने छैन

इकागज | पुस ६, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकार गठनको सन्दर्भमा पार्टीभित्र छलफल...

कांग्रेस संसदीय दलमा देउवाकाे चौथो इन्ट्री, यसअघि काे-काेसँग थियाे प्रतिस्पर्धामा ?

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा चौथो पटक संसदीय दलको नेता चुनिएका छन् । उनी महामन्त्र...

गगन थापालाई दोब्बर बढी मतले हराउँदै कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

इकागज | पुस ६, २०७९

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । बुधबार बिहान स...