गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार : महरा

इकागज | पुस ९, २०७९

काठमाडौँ - नेकपा माओवादीकेन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दाबी गरेका छन् । 

प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताए । उनले भने, 'सरकार गठनका विषयमा आवश्यक छलफल चलिरहेको छ', छिट्टै टुङ्गो लाग्नेछ र नयाँ सरकार गठन हुन्छ ।”

पार्टी प्रवक्तासमेत रहेका महराले समाजवादी दलहरूको मञ्च निर्माणका लागि नेकपा एमाले महासचिव शंकर पोखरेल, नेकपा एकीकृत समाजवादी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोलालगायतले नेतृत्व गरेको पार्टीसँग आवश्यक छलफल भइरहेको बताए । 

स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ : प्रधानमन्त्री

इकागज | पुस ९, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा–राष्ट्रिय अभियान...

सभापति देउवालाई कांग्रेसका महिला सांसदको सुझाब : सरकारको नेतृत्व अब पनि कांग्रेसले नै गर्नुपर्छ

इकागज | पुस ९, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका महिला सांसदहरूले अब पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नु पर्ने बताए...

'विगतको गठबन्धनलाई हेर्ने हो भने राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसलाई, सभामुख माओवादीलाई'

इकागज | पुस ९, २०७९

काठमाडौँ- सरकारको नेतृत्व गर्ने विषयमा दलहरूबीच छलफल चलिरहँदा कांग्रेसले सभामुख माओवादीलाई दिएर आफूल...

माओवादी सांसदले शुक्रबार नै गरेका थिए खाली माइन्युटमा हस्ताक्षर

इकागज | पुस ९, २०७९

काठमाडौँ- सरकार गठनका लागि नेकपा माओवादी केन्द्रले पनि हस्ताक्षर संकलन गरेको छ । शुक्रबारदेखि माओवादील...

कांग्रेस सांसदलाई बालुवाटार बोलाउँदै खाली कागजमा हस्ताक्षर गराउँदै देउवा

इकागज | पुस ९, २०७९

काठमाडौँ-  नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसद...