नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्छः गृहमन्त्री खाण

इकागज | मंसिर १५, २०७९

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरूले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन् । उनले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामूहिक प्रयत्न गर्ने पनि उल्लेख गरे ।

उनले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताए । गृहमन्त्री खाणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारी, मतदाता र सुरक्षाकर्मीहरूलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापनसमेत गरे । उनले निर्वाचन एकै चरणमा सम्पन्न गरेर सरकारले आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको भन्दै निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्बन गर्ने प्रतिबद्धता जनाए ।

गृहमन्त्री खाणले निर्वाचनका क्रममा केही सुरक्षाकर्मी र नागरिकहरूको निधन भएको भन्दै सरकारको तर्फबाट निधन भएकाहरूप्रति श्रद्धाञ्जली एवं परिवारमा समवेदना प्रकट गरे । उनले दिवंगतहरूको परिवारलाई भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

शेरबहादुर देउवाकाे नेतृत्वमै सत्ता गठबन्धनकाे सरकार बन्छ : मन्त्री चौधरी

इकागज | मंसिर १५, २०७९

काठमाडौँ- ​शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै ...

काँग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

इकागज | मंसिर १५, २०७९

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर...

मेराे निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्छुः मन्त्री कार्की

इकागज | मंसिर १५, २०७९

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्...

गगन थापाको व्यङ्ग्य : वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन

इकागज | मंसिर १५, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निजी क्षेत्र र सरकारबीच समन्वयको खाँच...

सुनसरी-४ मा कांग्रेसको 'क्लिन स्वीप', कडा प्रतिस्पर्धाबीच कार्कीको जित

बाबुराम भण्डारी | मंसिर १५, २०७९

विराटनगर - प्रदेश १ को २८ वटा संघीय निर्वाचन क्षेत्र मध्ये मतगणनाको अन्तिम क्षेत्र बनेको सुनसरी–४ म...

एमालेका कुसियैतलाई ११२ मतान्तरले हराउँदै सुनसरी-४ बाट कांग्रेसका कार्की विजयी

इकागज | मंसिर १५, २०७९

काठमाडौँ- सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट व...

सत्तापक्षको सेटिङमा गरिएको नाङ्गो धाँधलीलाई आयोगले वैधता प्रदान गर्नु गम्भीर : शंकर पोखरेल

इकागज | मंसिर १५, २०७९

काठमाडौँ - नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ताको सेटिङलाई निर्वाचन आयोगले वैधता प्रदान गरेको...