वर्तमान गठबन्धनको विकल्प खोजिएको हाेइन : माओवादी केन्द्र

इकागज | मंसिर १८, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पारेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले अहिले सरकारको विकल्प नखोजिएको र एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताएका हुन् ।

बैठकले निर्वाचनमा अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल र परिणाममुखी भएको निष्कर्ष निकालिएको उनले बताए ।

निर्वाचनमा देखिएका कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्दै पार्टीलाई सुदृढ गर्दै अघि बढ्नुपर्छ भन्नेमा बैठकले जोड गरेको गुरुङको भनाइ छ । उनले सोमबार गठबन्धनको बैठक बोलाइएको र निर्वाचन तथा सरकार गठनका विषयमा छलफल हुने जानकारी दिए ।

यसअघि शनिबार बसेको पदाधिकारी बैठकपछि माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धनलाई तोड्ने कुनै निर्णय नभएको भन्दै सरकार गठनको सबै विकल्प खुल्ला राख्ने बताएका थिए ।

दोलखामा एमालेका शिवाकोटीले लिए अग्रता, माओवादीका कार्कीले कति मत पाए ?

इकागज | मंसिर १८, २०७९

काठमाडौँ- दोलखामा मत गणना जारी छ । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । शिव...

एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सक्ने माओवादी केन्द्रकाे निर्णय

इकागज | मंसिर १७, २०७९

काठमाडौँ- सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको स्...