सुकुमबासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : भट्टराई

इकागज | मंसिर १४, २०७९

काठमाडौं - पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुमबासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गर्नुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा रहेका सुकुमबासी बस्ती हटाउन खोजे पनि अवरोध भएपछि  भट्टराईले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर सहजीकरण गर्दा राम्रो हुने बताएका हुन् ।

उनीहरूको व्यवस्थापनको उत्तम विकल्प नागार्जुन नगरपालिकामा बनाइएको अपार्टमेन्ट रहेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्, ‘आवासविहीन सुकुमबासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ । मेरो पालामा सुरु भएको काठमाडौं उपत्यकाका सुकुम्वासी र न्यून आय भएका नागरिकको आवास व्यवस्थासम्बन्धी सरकारी निर्णय र भवन निर्माणका कार्यमा टेकेर यो समस्या दीर्घकालीन रूपले समाधान गर्न राज्यका सबै अंगले सहकार्य गरून् ।  मेरो पालामा झैँ तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर यो मामिलामा सहजीकरण गर्दा हुन्छ ।’
 

बैतडीमा १९ हजार मत बदर

इकागज | मंसिर १४, २०७९

बैतडी - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत ...

सुनसरी-४ मा कुसियैतले २६२३५ मत पाउँदा सञ्चारमन्त्री कार्कीले कति पाए ?

इकागज | मंसिर १४, २०७९

काठमाडौँ- सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेक...

प्रदेश प्रत्यक्षमा माओवादी : ५३ स्थानमा जित निकाल्दा तीन बागी पनि विजयी (सूचीसहित)

इकागज | मंसिर १४, २०७९

काठमाडौँ- मंसिर ४ गते भएको निर्वाचनमा प्रदेशतर्फको प्रत्यक्षमा नेकपा माओवादी केन्द्रले ५३ स्थानमा जित हासि...

९९ लाख मत गणना सकियो : एमाले २७ लाख नजिक, समाजवादीलाई ३ लाख पुर्‍याउन हम्मेहम्मे (सूचीसहित)

इकागज | मंसिर १४, २०७९

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मत गणना भएको छ । बुधबार बिहान साढे ६ बजे...

संसदीय यात्रामा गच्छदारको पहिलो हार : एमालेकी भगवती चौधरी ५ हजार बढी मतान्तरले विजयी

बाबुराम भण्डारी | मंसिर १४, २०७९

विराटनगर - आफ्नो चुनावी क्षेत्रमा प्रभावशाली उपस्थिति जनाउँदै आएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छ...

एकीकृत समाजवादीद्वारा प्रदेश र जिल्लालाई प्रतिवेदन उपलब्ध गराउन निर्देशन

इकागज | मंसिर १३, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत ...

'युवाको नेतृत्व देशलाई आवश्यक, अग्रजको आशीर्वाद आउँछ, देश हामीले चलाउँछौं'

इकागज | मंसिर १३, २०७९

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधानमन्त्री बन्नक...

गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छुः महामन्त्री शर्मा

इकागज | मंसिर १३, २०७९

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रक...

सुकुम्बासीमाथि राज्यबाट गरिएको व्यवहार लोकतान्त्रिक आचरणविपरीत : केपी ओली

इकागज | मंसिर १३, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलले सत्ताको दुरुपयोग गर्दै निर्वाचन जित्न खोजेक...