आमचुनाव २०७९

पद्मा अर्यालले २०२६७ मत पाउँदा धनराज गुरुङले कति पाए ?

इकागज |
मंसिर १७, २०७९ शनिबार ७:५२ बजे

काठमाडौँ- प्रतिनिधि सभामा स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले अग्रता लिएका छन् । गुरुङले २२ हजार ४८० मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेकी सचिवसमेत रहेकी पद्मा अर्यालले २० हजार २६७ मत पाएकी छन् । अर्यालभन्दा गुरुङ २ हजार २१३ मतले अगाडि छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको पक्षमा ७ हजार २३८ मत पाएका छन् ।


Author

थप समाचार
x