एक्लाएक्लै हिँड्दा सफलता हात परेन अब बाबुरामसँगको सहकार्य धेरै लामो हुन्छ : प्रचण्ड

इकागज | असोज ८, २०७९

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका छन् ।

अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताए । आफूहरू एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै उनले अब मुलुकका फेरि समृद्धिको, विकासको समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरू सहकार्यमा आएको पनि स्पष्ट पारे ।

नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार (आज) काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरुले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गरे ।

अध्यक्ष दाहालले भट्टराई र आफूबीच बानी, व्यहोरा र स्वभाव नमिले पनि एकले अर्काको अभाव पूर्ति गर्दै आएको उल्लेख गर्दै अब मुलुकलाई समृद्धिको अभाव हुन नदिने गरी अघि बढने संकल्प लिएको पनि पटकपटक दोहोर्‍याए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका आफूहरूले नयाँ समाजवादी मोडेल तय गरी मुलुकलाई समृद्ध बनाउन पनि सफल हुने जिकिर गरे ।

समृद्ध नेपाल निर्माणका लागि एमालेको नेतृत्व आवश्यक : उपमहासचिव गुरुङ

इकागज | असोज ८, २०७९

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध मुलुक निर्माणका लागि एमा...

'एमालेसँग एक्लै भिड्न नसकेर सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भए'

इकागज | असोज ७, २०७९

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भए...

काठमाडौँका उम्मेदवार चयनमा राप्रपा अन्तिम चरणमा, कुन क्षेत्रमा कसको नाममा छलफल ?

इकागज | असोज ७, २०७९

काठमाडौँ- राप्रपाले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधि सभा उम्मेदवार चयनलाई अन्तिम...

कैलाली–३ मा राप्रपाको साथ पाए पनि पूर्वमाओवादी गौरिशंकर चौधरीलाई एमालेबाट जित्न कठिन

कमल विष्ट | असोज ७, २०७९

२३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँत्याइदियो । ब्युँतिएपछि ...