एकपटक देशको नेतृत्व गर्ने इच्छा

देउवाले देशलाई तपाईंको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भन्‍नुभएको छ : पौडेल

इकागज | असोज ९, २०७९

दमौली - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए। 

'कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ', पौडेलले भने, 'मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस् ।' वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण गरे । 

निर्वाचनको दिन नजिकिँदै गरेकाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गरे । 'गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेका हौँ, गठबन्धनलाई सफल बनाउनुपर्छ', उनले भने । कांग्रेसभित्रका नेताहरूलाई पनि व्यवस्थापन गरेर निर्वाचनमा जाने पौडेलको भनाइ थियो । 

छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराए । जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा कांग्रेसका नेताबीच देखिएको बेमेलले कांग्रेस कमजोर रहेको बताएका थिए । रासस

विदेशी दबाब र प्रभाव बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ :  कमल थापा

इकागज | असोज ९, २०७९

हेटौंडा - राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गैरहेकाले राष्ट्रवा...

देउवालाई जुम्ला उपसभापति बुढाको पत्र : निर्वाचनमा शत्रुसँग लड्नुको शान र मान बेग्लै छ

इकागज | असोज ८, २०७९

मुगु- पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसमा निर्वाचन नजिकिएसँगै असन्तुष्टि बढेको छ । संस्थान...

गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त : शंकर पोखरेल

इकागज | असोज ८, २०७९

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्...

एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरूले कांग्रेससँग गठबन्धन गरे : रायमाझी

इकागज | असोज ८, २०७९

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेश सभ...

देउवाले पार्टी एकतालाई भन्दा पनि पाँच दलीय गठबन्धनलाई प्राथमिकता दिए : नेता केसी

इकागज | असोज ८, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको ...

समानुपातिकमा नाम राखेकोमा कांग्रेस नेता बस्नेतकाे आपत्ति, तत्काल हटाउन आग्रह

इकागज | असोज ८, २०७९

उदयपुर- नेपाली कांग्रेस उदयपुरका पूर्वसभापति विदुर बस्नेतले समानुपातिकतर्फ आफ्नो नाम राखिएकोमा आप...