एमाले म्याराथन दैडिने पार्टी हो : अध्यक्ष ओली

इकागज | असोज १५, २०७९

मोरङ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पारे । अध्यक्ष ओलीले भने, 'निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन म्याराथन दौडिने पार्टी हो ।'
    
उनले यो ढोडको लौरो टेक्ने पार्टी होइन आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने जिकिर गरे । अध्यक्ष ओलीले एमालेको एजेन्डाले  देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।
    
उनले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा केही सिटमा अन्य विचार मिल्ने पार्टीसँग सहमति कायम हुने सक्ने बताए । एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले वर्तमान कामचलाउ सरकारले संसद् नभएका समयमा दूरगामी महत्वका अध्यादेश ल्याउनु गलत भएकाे उल्लेख गरे ।    
    
उनले यो सरकारको काम दैनिक कामकाज सञ्चालन गर्नु र शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्नु मात्र भएको विचार व्यक्त गरे । अध्यक्ष ओली यस पार्टीले अहिलेसम्म आगामी निर्वाचनका लागि उम्मेदवारको अन्तिम छनोट नगरेकाले बाहिर आएको विभिन्न थरीका हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारे । 

माओवादी प्रवेश गर्न काठमाडौँ हिँडेका द्वारिकालाल चौधरी भन्छन् : एमालेलाई धुलो चटाउँछु

इकागज | असोज १५, २०७९

काठमाडौँ- इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा एमाले नेता द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र)मा...

जसपा कार्यसमितिको बैठक सुरु, उम्मेदवार चयन र गठबन्धनमा बस्‍ने-नबस्नेबारे निर्णय गर्ने

इकागज | असोज १५, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन जनता समाजवादी (जसपा) क...

माओवादीबाट ह्याट्रिक गरेका रायमाझीलाई एमालेबाट जित्न कति कठिन ?

कमल विष्ट | असोज १४, २०७९

काठमाडाैँ । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेकपा ए...

काठमाडौं क्षेत्र नं.१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

इकागज | असोज १३, २०७९

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नं. १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्र...

सत्ता गठबन्धनमा १५७ निर्वाचन क्षेत्रको भागबन्डा टुंगियो, कुन दलले कहाँ पाए ? (सूचीसहित)

इकागज | असोज १३, २०७९

काठमाडौँ- सत्ता गठबन्धनले प्रतिनिधि सभा निर्वाचनका लागि टिकटको भागबन्डा लगभग फाइनल गरेको छ । केही क्षेत्...