संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न मिल्दैन : झलनाथ खनाल

इकागज | असोज ५, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका छन् ।

बुधबार काठमाडौँमा नेपाल तमु संघ(समाजवादी)को प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले संवैधानिक राष्ट्रपतिले संसद् र मन्त्रिपरिषद्ले गर्ने निर्णयलाई प्रमाणीकरण गर्न बाध्य हुने व्यवस्था रहेको भन्दै संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका हुन् ।

नागरिकता सम्बन्धी व्यवस्थामा व्यक्तिले भिन्न मत राख्न सक्ने भएपनि राष्ट्रपतिले भिन्न मत राख्न नमिल्ने भन्दै उनले प्रमाणीकरण गर्नुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था रहेको जिकिर गरे । उनले आफ्नै देशको राष्ट्रपतिविरुद्ध असंवैधानिक काम गर्यो भन्ने बोल्न बाध्य भएको बताए ।

यसअघि पनि केपी ओलीको गुटले गरेको संसद् विघटन गर्ने असंवैधानिक कामलाई समेत राष्ट्रपतिले साथ दिएको स्मरण गरे । खनालले राष्ट्रपति भण्डारी र केपी ओलीको निरंकुश शासन लाद्न यसअघि संसद् भंग गर्ने प्रयास गरिएको टिप्पणी पनि गरे ।

राष्ट्रपति अब संविधानको संरक्षक, पालक र देशबासीको अभिभावक रहनुभएन : त्रिपाठी

इकागज | असोज ५, २०७९

काठमाडौं - जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले नागरिकता विधेयक राष्ट्रपतिबाट रो...

राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको गठबन्धनको ठहर

इकागज | असोज ५, २०७९

काठमाडौँ - सत्तारूढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक...

नागरिकता विधेयक निष्क्रिय, दोस्रो पटक पनि राष्ट्रपतिले गरिनन् प्रमाणीकरण

इकागज | असोज ५, २०७९

काठमाडौँ - सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता...

विधानविपरीत उम्मेदवारको नाम पठाएको भन्दै कांग्रेस सर्लाहीद्वारा असन्तुष्टि

इकागज | असोज ४, २०७९

काठमाडौँ- नेपाली कांग्रेस सर्लाहीको क्षेत्रले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिफारिस गरेक...