प्रचण्ड, माधव, झलनाथ, नारायणकाजी र वामदेव देशद्रोही भएको ओलीको आरोप

इकागज | साउन १७, २०७९

काठमाडौँ -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका पाँच नेताहरूलाई देशद्रोहीको आरोप लगाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड`, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतम जनविरोधी र देशद्रोही भएको ओलीले आरोप लगाएका हुन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्य स्मृति दिवसमा उनले सत्तारुढ गठबन्धनबाहिर रहेका वामपन्थी दलहरूलाई एकतामा आउन आग्रह गरेका छन् भने गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीहरूलाई आत्मआलोचना गरेर आए सोच्ने बताए ।

`गठबन्धन छोडेर आए, गठबन्धन बेठीक हो भनेर त्यसका उद्देश्यलाई परित्याग गरेर आए भने उनीहरूको बारेमा पनि विचार गर्न सकिएला । गठबन्धनमा बसेर दुष्ट उद्देश्य राखेर अस्ति त पाँच भाइ भेला भएछन् जो नेकपामा हुँदा दुःख दिनेहरू थिए नि । पाँच भाइ पार्टी फुटाउनेहरू जम्मा भएछन् । अनि के पो बनाउने भने, समाजवादी केन्द्र बनाउने । समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे ? यी समाजवादी ?,` ओलीले भने,  `यी जनविरोधी, देशद्रोही, यी एमसीसी, यी एसपीपी, यिनीहरू समाजवादी ? यिनीहरू न समाजवादी हुन्, न केही हुन् ।`

पक्राउ पुर्जी जारी गरेपछि प्रकाण्डले भने - सरकारले देशलाई पुनः द्वन्द्वमा धकेल्यो

इकागज | साउन १६, २०७९

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः...

दलको विकल्प दल नै हो, एउटा असफल भए अर्को आउने वातावरण बनाउनुपर्छ : कमल थापा

इकागज | साउन १६, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दलको विकल्प दल नै भएको बताएका छन् । प्रजा...

सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त : उपाध्यक्ष पौडेल

इकागज | साउन १५, २०७९

बुटवल - नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सत्तारुढ गठबन्धन कायम रहेसम्म देश...

जनभावनाअनुरुप काम गर्न कार्यकर्तालाई उपसभापति खड्काको निर्देशन

इकागज | साउन १४, २०७९

कास्की - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावनाअनुरुप काम गर्न नेता तथा कार्यकर्तालाई आग्...

वामपन्थी शक्ति एक हुन नसके गठबन्धन विरुद्ध एमाले एक्लै लड्छः पृथ्वीसुब्बा गुरुङ

इकागज | साउन १४, २०७९

लमजुङ - नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी चुनावमा वामपन्थी शक्ति एक हुन नसके पनि गठब...