कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति कांग्रेस बिपीमा प्रवेश

इकागज | साउन २५, २०७९

डडेल्धुरा - नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द कांग्रेस (बिपी)मा प्रवेश गरेका छन्। बुधबार कांग्रेस (बिपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन्। 

हाल कञ्चनपुरको बेदकोट नगरपालिका(७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न कांग्रेस बिपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए।

चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक यात्रा सुरु गरेका थिए। २०३६ सालमा कांग्रेसमा सक्रिय भई बहुदलको प्रचारप्रसारमा लागेका थिए। उनी २०४६ सालको जनआन्दोलमा जेलसमेत परेका थिए। २०४७ सालमा दार्चुलामा कांग्रेसको संगठन विस्तार गरी जिल्ला सभापति बनेका उनी २०४८ सालको प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए। 

प्रजातन्त्र प्राप्तपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा कांग्रेस प्रजातान्त्रिक दार्चुला सभापतिसमेत भएका थिए। तर, कांग्रेसको विचलन तथा कार्यशैलीप्रति असहमत रहँदै पछिल्लो समय उनी निष्क्रिय रहेका थिए। बिपी कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्मको सिद्धान्तसँग सहमत भई नेपाली कांग्रेस बिपीको विधान आत्मसात गरी आबद्धता जनाएको उनको भनाइ छ। 

सिट बाँडफाँटबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै

इकागज | साउन २५, २०७९

काठमाडौँ- आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न सानेपामा कांग्रे...

देउवा पनि ओली पथमै, पार्टीका बैठक बालुवाटारमा नै डाँक्न थाले

इकागज | साउन २३, २०७९

काठमाडौँ - पार्टीको १४औं महाधिवेशनलगत्तै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री...

सिट बाँडफाँटबारे छलफल गर्न देउवाले बोलाए शीर्ष नेताहरूको बैठक

इकागज | साउन २३, २०७९

काठमाडौँ- सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ । प्रधा...

बाबुरामलाई छाडेर राई लागे वैकल्पिक राजन‍ीतिका लागि देशव्यापी अभियानमा

इकागज | साउन २३, २०७९

खोटाङ- वैकल्पिक शिक्षाको अभियान्ता सुर्यबहादुर राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । भट्टराईले ने...