निर्वाचनमा तालमेल गर्नेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको छलफल

इकागज | साउन २२, २०७९

काठमाडौँ - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । 

“नागरिकतासम्बन्धी ऐन पारित गरी कार्यान्वयन गर्न र निर्दोष कार्यकर्ताको रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भयो, प्रधानमन्त्रीज्यू पनि हाम्रा माग सम्बोधनका विषयमा सकारात्मक हुनुहुन्छ”, उनले भने । 

प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक हुनुभएको नेता महतोले जानकारी दिए । नेता महतोले पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने तथा सरकारमा सहभागी हुने विषयमा पनि सकारात्मक कुराकानी भएको बताए । 

भेटवार्तामा प्रधानमन्त्रीसहित सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायतको सहभागिता थियो । निर्वाचनमा तालमेलका लागि प्रधानमन्त्री देउवासँग यसअघि पनि लोसपाले विभिन्न चरणमा छलफल गर्दै आएको छ । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष पुगिसकेको छ ।
 

खुसीले उफ्रिँदै जब जापानी विद्यार्थीले प्रचण्डसँग फोटो खिच्‍न लगाए...

इकागज | साउन २२, २०७९

काठमाडौँ- पाँच दिने भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको विभिन्&z...

वर्तमान राजनीतिक दलहरूले चुनाव जिते पनि देशले कुनै निकास पाउँदैन : बाबुराम

इकागज | साउन २२, २०७९

काठमाडौँ- नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरूले चुनाव जिते...

बाबुराम भट्टराईले भन्छन् : विचार मिल्ने राजनीतिक शक्तिहरूसँग चुनावी तालमेल हुन्छ

इकागज | साउन २१, २०७९

ललितपुर- नवगठित नेपाल समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी नि...

प्रधानमन्त्री बन्ने प्रकाशमानको चाहना : भन्छन्- देशको कायापलट कसरी हुन्छ भन्‍ने देखाउन चाहन्छु

इकागज | साउन २१, २०७९

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । शनिबार काठ...

मकवानपुर-२ मा एमालेको चुनावी चर्चा : 'हेभिवेट' उम्मेदवार उठाउने कि युवालाई अवसर दिने ?

सरिता दाहाल | साउन २१, २०७९

मकवानपुर - संघीय निर्वाचनको मिति घोषणा भएसँगै देशभर चुनावी चर्चा सुरु भएको छ ।  मिति घोषणासँगै...

दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन, राम्रो मेहनत गरे बहुमत ल्याउन सक्छौं : ओली

इकागज | साउन २०, २०७९

काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ ल्याउन नसक्ने बताएका छन् । ...

'मोहनविक्रमको गन्तव्य प्युठान, शेरबहादुरको म्याडम, प्रचण्डको सुपुत्री र माधव नेपालको जिन्दगी छटपटीमै बित्छ'

इकागज | साउन २०, २०७९

काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँच दलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बता...

सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन, कांग्रेसबाट तीन, अरु दलका दुई/दुई जना सदस्य (नामसहित)

इकागज | साउन २०, २०७९

काठमाडौं - सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफा...