कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

इकागज | असार १८, २०८१

काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा  पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । संघीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार सहमति गरेका हुन् ।

 दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारी गर्नेसम्बन्धी सहमतिपत्रमा गएराति हस्ताक्षर भएको हो । सहमतिपत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् ।  
 

गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने

इकागज | असार १७, २०८१

ललितपुर- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीम...

राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भूराजनीतिको विश्लेषण जरुरी : परराष्ट्रमन्त्री श्रेष्ठ

इकागज | असार १७, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भूराजनीत...

ओलीको सचिवालयले भन्यो : मन्त्रीहरूलाई बालकोट बोलाएको खबर हल्ला मात्र हो

इकागज | असार १७, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूलाई छलफलका लागि बालकोट बोलाएको भन्ने खबर सत्य...

कांग्रेस र एमालेबीच सत्ता समीकरण फेरबदलको कसरत : दुवै दलका दोस्रो तहका नेता संवादमा जुट्दै

सुभद्रा धिताल | असार १७, २०८१

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बन्ने सम्भावना बढेको छ । सत्ता समीकरणकै ल...