बालुवाटारमा चार घण्टा बिताएर निस्किए ओली

इकागज | असार १७, २०८१

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टा भन्दा बढी समय बिताएर बाहिर निस्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा पछिल्लो विकिसित राजनीतिक घटनाक्रममा बारेमा छलफल भएको बुझिएको छ । 

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । कांग्रेस सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चा पछि सत्ता समीकरणमा हलचल पैदा भएको देखिएको छ ।

आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

उद्योगको विकासका लागि काँग्रेसले गरायो मन्त्रीको ध्यानाकर्षण, यस्ता छन् मागहरू

इकागज | असार १७, २०८१

काठमाडौँ- नेपाली काँग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले उद्योग, वाणिज्य तथा आपूर्त...

'उद्यमशीलता र व्यावसायिकताका माध्यमबाटै कृषिको आधुनिकीकरण गर्दै रोजगारको सिर्जना गर्न सकिन्छ'

इकागज | असार १६, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्यमशीलता र व्यावसायिकताका माध्यमबाटै कृषिको आधुनिकीक...

आगामी दिनमा देशको महत्वपूर्ण एजेण्डामा नेकपा एसले आवश्यक भूमिका खेल्छ : सभापति देउवा

इकागज | असार १६, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको दिगो शान्ति, सुशासन तथा समृद्धिमा ध्यान ...