अहिले राष्ट्रिय हितलाई छाड्न भू-राजनीतिको विषय उठिरहेको छ : केपी ओली

इकागज | असार १४, २०८१

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले राष्ट्रिय हितलाई छाड्न भू-राजनीतिको विषय उठिरहेको बताएका छन् ।

जननेता मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले देशको हितमा नभइ देशको स्वाधीनतालाई कमजोर पार्न र आफ्नो स्वार्थ पुरा गर्न भू-राजनीतिको विषय उठिरहेको बताएका हुन् । उनले भू-राजनीतिको नाममा राष्ट्रिय स्वाभिमानलाई कमजोर पार्न नहुने धारणा राखे ।

सांस्कृतिक, आर्थिक र सामाजिक भिन्नताका दुई ठूला देशसँग खेलवाड गर्न नहुने र ठूला बलियाका प्रतिस्पर्धामा पर्न नहुने उनले बताए । ओलीले छिमेकीहरूले नेपालसँग न्यायोचित व्यवहार गर्नुपर्ने र सरकारले पनि छिमेकीसँग जायज विषयहरूमात्रै उठान गर्नुपर्नेमा जोड दिए । त्यस्तै ओलीले जनताको बुहदलीय जनवादमा एमालेको स्वार्थ नभएको र जननेता मदन भण्डारीको अगुवाइमा देश र जनताप्रति हितमा ध्यान दिएर प्रतिपादन गरिएको धारणा राखे ।

कार्यक्रममा फाउण्डेशनले २०८० को मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गरेको थियो । केन्द्रलाई सम्मान गर्दै ओलीले विदेश निर्यातका लागि महँगो चिया उत्पादन गर्न सुझाव दिए । चिया निर्यातका क्वारेन्टाइन लगायतका समस्या समाधान गर्न सरकारसँग आफूले कुरा गर्ने उनले बताए । 

बुढिगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न बाबुरामको सरकारलाई अल्टिमेटम

इकागज | असार १४, २०८१

काठमाडौँ - पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भाद्र मसान्तसम्म बुढीगण्डकी आयोजना निर्माणको सुनिश्चितता ...

सेना र प्रहरीलाई राजनीतिबाट मुक्त गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

इकागज | असार १४, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र&nb...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन नेताहरू सकारात्मक

इकागज | असार १३, २०८१

काठमाडौँ- सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन शीर्ष तीन दल सकारात्मक देखिएका ...

महामन्त्रीले बुझाएको समीक्षा यात्राको प्रतिवेदनमाथि पार्टीभित्र गम्भीर छलफल हुन्छ : शिशिर खनाल

इकागज | असार १३, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले महामन्त्रीले बुझाएको समीक्षा यात्राको प्रतिवेद...

कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी गर्ने

इकागज | असार १२, २०८१

काठमाडौँ - नेपाली कांग्रेसले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा...