सरकारको भविष्यबारे चिन्ता गर्नुपर्ने बेला भएको छैन : महासचिव पोखरेल

इकागज | असार ३, २०८१

धादिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको भविष्यबारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले सत्ता समीकरणमा रहेका एमालेलगायतका सबै दल यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताए ।

प्रेस चौतारी नेपाल धादिङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटका क्रममा महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरता दिने धारणा व्यक्त गरे । उनले भने, 'वर्तमान समीकरणबाट मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो । त्यहीअन्तर्गत नयाँ समीकरण बनायौँ अहिले पनि हामी यो समीकरणको निरन्तरताका पक्षमा छौँ ।' महासचिव पोखरेल एमाले जिल्ला कमिटी धादिङको तीनदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न धादिङबेंसी आइपुगेका हुन् । 

सरकार कमजोर बन्यो भने जनतामा निराशा बढ्छ कि भन्ने चिन्ता भए पनि सरकारको भविष्य के होला भन्ने चिन्ता लिनुपर्ने समय आइनसकेको एमाले महासचिव पोखरेलको भनाइ छ । सरकारले राम्रो काम गरोस्, जनता अपेक्षालाई सम्बोधन गरोस्, सुशासन दिन सफल होस्, जनताका मुद्दातर्फ ध्यान केन्द्रित होस्, अरू कुरामा विरोध जनाउनुपर्ने र सरकार परिवर्तन गरिहाल्नुपर्ने अवस्था नरहेको पोखरेलको भनाइ छ । 

'कमी कमजोरी भएका भएका विषयलाई सच्याएर अघि नबढ्दा २०८४ सम्म जनतामा निराशा छाउने पो हो कि भन्ने चिन्ता एमालेमा छ । यसको विकल्पमा अरूको खोजी चाहिँ होइन,' उनले भने, 'अर्काे समीकरणको खोजी गर्नुपर्छ भन्ने खालको बुझाइ होइन ।'

प्रधानमन्त्री प्रचण्डलाई ५ वर्ष योजना बनाएर काम गर्न दिए सरकारले राम्रोसँग काम गर्न सक्छ : विप्लव

इकागज | असार ३, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले कुर्सी जोगाउनेमा ध्यान के...

बूढीगण्डकी आयोजना कसले, कसरी र कहिले बनाउने भन्‍नेमा सरकार स्पष्ट हुनुपर्छ : विश्वप्रकाश शर्मा

इकागज | असार २, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलविद्युत् आयोजनाको अन्यौलतालाई ...

एकीकृत समाजवादीका केन्द्रीय नेता स्वत: महाधिवेशन प्रतिनिधि हुने

इकागज | असार २, २०८१

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तह...

पार्टीभित्रकै नेताहरूले पार्टीविरुद्ध भ्रम छर्ने र विवाद ल्याउने काम गरे : अध्यक्ष लिङ्देन

इकागज | असार १, २०८१

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका लागि अहिले सहज अवस्था सिर्जना हुँदै गएको बताएका छन् ...

देशलाई गरिबी हुनबाट बचाउनका लागि एमाले सरकारमा गएकाले बजेटबारे छलफल हुनुपर्छ : अध्यक्ष ओली

इकागज | असार १, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन ग...