अब कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन गर्दैन : महामन्त्री शर्मा

इकागज | असार १, २०८१

भक्तपुर- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् ।

भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए । उनले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाए । 

नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै महामन्त्री शर्माले कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाली कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउन जोन्छेको योगदान अतुलनीय रहेको बताए । उनले कांग्रेसलाई जिल्लामा एक ढिक्का बनाएर अघि बढाएका कारण अहिले भक्तपुर जिल्लामा पार्टी पहिलो बन्न सफल भएको बताए ।

प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निःसहायलाई पढाउन छात्रवृत्ति कोष विस्तार गरी त्यसमा रु पाँच लाख थपिने जानकारी दिइन् । 

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जोन्छेलगायत सहिदले पार्टीका लागि पुर्याएको योगदानको चर्चा गरे । 

नेपाली कांग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति गणेशमान चक्रधरले आफ्नो कुरा स्पष्ट राख्ने निडर जोन्छेजस्तो व्यक्तित्व अहिले पार्टीमा कोही नभएको बताए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं भक्तपुरका पूर्वसभापति मदकृष्ण श्रेष्ठले माओवादीको कडा आलोचक भएकै कारण जोन्छेलाई माओवादीले गोली हानेका बताए । 

नेपाली कांग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति तिलकप्रसाद कायस्थ, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बाबुराजा जोशी, प्रतिष्ठानका महासचिव जगन्नाथ कार्कीलगायतले नेपाली कांग्रेसका लागि जोन्छेले पुर्याएको योगदानको चर्चा गरेका थिए । 

कार्यक्रममा मेधा माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई रु १२ हजार र सुवर्णेश्वर आधारभूत विद्यालयका दुई छात्रालाई जनही रु आठ हजार छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रचण्डलाई किन र केका लागि प्रधानमन्त्री भएको भन्‍ने नै मेसो छैन : महामन्त्री थापा

इकागज | असार १, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र बिग्रेका विषयमा प्रधानमन्त्रीबाट जवाफक...

सरकारमा बसेको सय दिनमा असल कार्यको आधार बनाउन सफल भएको छु : रवि लामिछाने

इकागज | असार १, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा बसेको एक सय दिनमा असल का...

राजनीतिक अस्थिरताको सिकार हाम्रो पार्टीलाई बनाइयो : उपेन्द्र यादव

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको सिक...

काँग्रेसमाथि चौतर्फी आक्रमण हुन थाल्यो, पार्टी छाडेकाहरू घर फर्कनुस् : डा. शेखर

इकागज | जेठ ३२, २०८१

जनकपुर - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले विभिन्न समय...

गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छ :  पूर्वसभामुख सापकोटा

इकागज | जेठ ३२, २०८१

काठमाडौँ -  पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गणतन्त्रक...