गणतन्त्रमा केही भएन भन्ने भाष्य गलत : सचिव भट्टराई

इकागज | जेठ ३०, २०८१

काठमाडौँ - नेकपा (एमाले) का सचिव योगेश भट्टराईले गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन भन्ने खालको भाष्य गलत भएको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले सडक, पूर्वाधार, पर्यटन, स्वास्थ्य, जलविद्युत् आदि क्षेत्रमा प्राथमिकताका साथ विकास र निर्माण भइरहेको छ भने । 

उनले अझै दूरदराजका जनताका अपेक्षा र चाहनालाई सम्बन्धित सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै गणतान्त्रिक व्यवस्थालाई सबल बनाएर जानुको विकल्प नभएको स्पष्ट गरे । उनले राससले आयोजना गरेका तस्बिर प्रदर्शनीले गणतन्त्रपछिका विकास निर्माणका उपलब्धिलाई आधारभूतरुपमा प्रस्तुत गरेको बताए ।  । 

सोही अवसरमा नेता भट्टराईले मुलुकका आधिकारिक समाचार समितिका रुपमा रहेको राससको छिमेकी भारत र चीनका साथै संयुक्त राज्य अमेरिकामा आवासीय प्रतिनिधि राख्न आफूहरुले पहल गर्दै आएको जनाए । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका समाचार सङ्कलन, सम्पादन र वितरण प्रक्रियाबारे अवगत गराएका थिए । 

नेता भट्टराईलाई राससका महाप्रबन्धक सिद्धराज राईले भद्रकाली परिसरमा स्वागत गर्दै समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीबारे अवगत गराएका थिए । यही जेठ १० गते सञ्चार तथा सूचना  प्रविधिमन्त्री रेखा शर्माबाट  उद्घाटन भएको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहनेछ ।
 

पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : कांग्रेस प्रवक्ता महत

इकागज | जेठ २९, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्...

भीम रावलको टिप्पणी : दुई देशको राहदानी हुने र विदेशीसँग विवाह गर्ने मन्त्रीहरूमाथि छानबिन हुनुपर्ने अख्तियारको कुरा स्वागतयोग्य

इकागज | जेठ २९, २०८१

काठमाडौँ- पूर्वगृहमन्त्री डा. भीम रावलले वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना...

एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले भने- पार्टीभित्र कुनै वैचारिक मतभेद

इकागज | जेठ २९, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र कुनै वैचारिक मतभेद नरहेको ...

राजदूत फिर्ता बोलाउने कुरा सरकारको नियमित काम हो : प्रमुख सचेतक बर्तौला

इकागज | जेठ २९, २०८१

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक ...

प्रदेश सरकारले विधि, पद्धति र नियमभित्र रहेर बजेट ल्याओस् : कांग्रेस संसदीय दल

इकागज | जेठ २९, २०८१

सुदूरपश्चिम- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेश सरकारले विधि, पद्धति र नियमभन्दा ब...

उपेन्द्र यादवको नजरमा कांग्रेस : आफ्नै असक्षमताका कारण थङथिलो भयो

इकागज | जेठ २९, २०८१

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस आफ्नै असक्षमताका कारण...