सरकारको सय दिनमा निकै राम्रो काम भयो : सभापति देउवा

इकागज | कात्तिक १७, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् ।

कांग्रेस भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारविरुद्ध आलोचना हुनु स्वभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका हुन् ।

सरकारका बिषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफुले सुझाव दिने उनले बताए ।

त्यस्तै सभापति देउवाले एमालेसँगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरु खुसी रहेको धारणा राखे । अहिलको सरकारलाई पुरा समयसम्म सफल पार्नका लागि आफुले पहल गर्ने उनको भनाइ छ ।

त्यस्तै देउवाले कुनै पनि क्षेत्र समस्याविहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्याहरु पनि समाधान गर्न लाग्नुपर्ने जिकिर गरे ।

कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन

इकागज | कात्तिक १४, २०८१

काठमाडौँ - सत्तारूढ दल नेपाली कांग्रेसले ‘स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन...

पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरू एक हुनुपर्छ : प्रचण्ड

इकागज | कात्तिक १४, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्ट...

रास्वपाले भन्यो- रवि निर्दोष छन्, प्रदर्शन पूर्वाग्रह र प्रतिशोधविरुद्ध हो

इकागज | कात्तिक १४, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोरखा मिडियामा सहकारीको रकम जीबी राईले ल्याएकाले ...

संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन हुँदैन - पोखरेल

इकागज | कात्तिक १४, २०८१

काठमाडौँ - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी ...

नेपाली समाजलाई फेक न्यूजबाट बचाऔं : उपप्रधानमन्त्री सिंह

इकागज | कात्तिक १४, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्यूजबाट जोगाउन आग्र...