माओवादी केन्द्रीय सदस्यले सम्पत्ति विवरण पेस गर्नुपर्ने

इकागज | पुस २१, २०८१

काठमाडौं  - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट संविधान निर्माण गर्ने क्रममा आफ्नो पार्टीले राखेको फरक मतलाई नै संविधान संशोधनको विषय बनाउने बताएका छन् । 

पार्टी केन्द्रीय समितिको आज भएको विस्तारित बैठकमा जातीय क्षेत्रीय मोर्चालाई सक्रिय पार्ने बताउँदै पूर्वप्रधानमन्त्री दाहालले भने, “पहिचानका मुद्दा ओझेलमा पर्न गएकामा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ, जातीय क्षेत्रीय मोर्चालाई सक्रिय बनाएर लैजानुपर्छ ।” 

आगामी माघसम्ममा सबै स्थानीय सम्मेलन गर्ने तथा पार्टीका सङ्घ र प्रदेश सांसदको भूमिकालाई अझ प्रभावकारी बनाउन निर्देशन दिए ।  अध्यक्ष दाहालले पार्टीका मधेससँग सम्बन्धित समस्या हल गर्दै ‘मिसन २०८४ अभियान’ कार्यान्वयनमा जोड दिए । 

आगामी फागुन १ भित्र सबै केन्द्रीय सदस्यले आफू र परिवारको सम्पत्ति विवरण पार्टीमा बुझाउनु पर्ने र जीवन निर्वाहको स्रोत खुलाउनु पर्ने प्रस्ताव पनि गरेको छ । माओवादी केन्द्रमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य र २०५ वैकल्पिक केन्द्रीय सदस्य छन् ।

प्रचण्डको नेतृत्वको हिंसा अनावश्यक थियो, विकास पछि पर्योः ओली

इकागज | पुस २१, २०८१

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी सशस्त्र युद्व अनावश्यक भएको पुनः टिप्पणी गरेका ...

३.९ प्रतिशतमा सीमित आर्थिक वृद्धिदर अब ५.१ प्रतिशतले पुग्दैछः ओली

इकागज | पुस २१, २०८१

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार बनेपछि अर्थतन्त्रमा सुधार आएको दाबी गरेका ...

४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले भने, ‘देशभक्त–प्रगतिशील मजबुद भए पछि प्रतिक्रियावादी आतंकित’

इकागज | पुस २१, २०८१

काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु म...

रास्वपाले माघदेखि राष्ट्रव्यापी सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने

इकागज | पुस २०, २०८१

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी माघ २ गतेदेखि पार्टी सङ्गठन निर्माण अभियान सुरु गर्ने...