फोटो फिचर

काठमाडौँ महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन [फोटोफिचर]

अनुज बज्राचार्य | फागुन २०, २०८०

काठमाडौँ- महानगरभित्र कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध कवाडी व्यवसायीहरूले आइतबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।

महानगरले कवाडी व्यवसायीमाथि दमन गरेर आतंक सिर्जना गरेको भन्दै उनीहरूले आइतबार महानगरको राष्ट्रिय सभा गृह अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, दमन बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

काठमाडौँ महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरूले कवाडी व्यवसाय दर्ता नवीकरण नगरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । आफूहरूले प्रचलित कानुनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको र कानुनबमोजिम दर्ता गरेर व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उनीहरूको माग छ । 

भृकुटीमण्डपमा नेपाल मेडिकल तथा ल्याब एक्स्पो (फोटोफिचर)

अनुज बज्राचार्य | फागुन १८, २०८०

काठमाडौँ - भृकुटीमण्डपमा सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो सुरु हुने भएको छ । एसडी प्रोमो मिडियाले ...

कांग्रेस महासमिति बैठक : मटन करीदेखि चिकेन रोष्टसम्म खाँदा सकिन्छ दैनिक १८ लाख (फोटो फिचर)

अतिन आचार्य | फागुन ९, २०८०

ललितपुर- नेपाली कांग्रेसले महासमिति बैठकमा सहभागी सदस्यलाई खाजा र खानाको व्यवस्था गरेको छ ।  ...