फोटो फिचर

धमाधम बन्दैछ ग्वार्को फ्लाई ओभर [फोटोफिचर]

अनुज बज्राचार्य | बैशाख ३१, २०८१

काठमाडौँ- ललितपुरस्थित ग्वार्को फ्लाई ओभरको काम तीव्र गतिमा भइरहेको छ । निर्माण सुरु भएको झन्डै एक वर्षपछि फ्लाई ओभरको डिजाइनमा समस्या रहेको भन्दै केही समयअघि काम रोकिएको थियो ।

करिब ६ महिनाअघि डिजाइन सच्याएर निर्माण सुरु गरिएको फ्लाई ओभरको काम यतिबेला तीव्र गति अघि बढिरहेको हो । गत वर्ष माघबाट निर्माण सुरु हुने भनिएको भए पनि डिजाइन स्वीकृतमा ढिलाइ हुँदा फागुनबाट निर्माण कार्य सुरु भएको थियो । ​

निर्माण कम्पनीले पेस गरेको डिजाइन केही करेक्सन गरेर विभागले माघमा स्वीकृत गरेपछि फ्लाई ओभरको निर्माण कार्य सुरु भएको थियो । फ्लाई ओभर निर्माणका लागि भ्याटसहित साढे १७ करोडकाे सम्झौता भएको छ ।​ फ्लाई ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागको गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ । 

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक-थ्रु’ (तस्बिरहरू)

इकागज | बैशाख २६, २०८१

सिन्धुली- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्...

कतारी राजाको नेपाल भ्रमण : रातारात सडक मर्मत, ठाउँठाउँमा स्वागतद्वार (फोटो फिचर)

इकागज | बैशाख ११, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज ...