फोटो फिचर

बाढीपछिको काठमाडौँ (फोटो फिचर)

अनुज बज्राचार्य | साउन १६, २०८१

काठमाडौँ- भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । 

काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो ।

काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ । 

ललितपुरको युएन पार्क  क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।

तस्बिरमा बाढीपछिको काठमाडौँ


 

टिचिङ अस्पतालमा जहाज दुर्घटनामा मृत्यु भएकाका आफन्तहरू (तस्बिरमा)

अनुज बज्राचार्य | साउन ९, २०८१

सौर्य एरयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरूको शव पोष्टपार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ)&nbs...

राष्ट्र बैंकको पुनर्निर्मित भवन हस्तान्तरण [फोटोफिचर]

शुरज थपलिया | असार २८, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकको पुनर्निर्मित भवनको हस्तान्तरण गरिएको छ । २०७२ को भूकम्पले क्षति पुगेको भवन...

अव्यवस्थित सडक विभाग: कार्यालयभित्रै भेटियो चुरोटका ठुटा (फोटो फिचर)

शुरज थपलिया | असार २६, २०८१

काठमाडौं - बबरमहल राणाकालीन दरबार हो । युरोपेली शैलीमा चन्द्रशमशेरले यो भवन आफ्ना छोरा बबर शमशेरका ल...

असार मसान्तसम्म ग्वार्को फ्लाइ ओभर नबन्‍ने पक्का (फोटो फिचर)

गंगा थपलिया | असार १६, २०८१

काठमाडौँ - असार मसान्तसम्म ग्वार्को फ्लाइ ओभर नबन्ने पक्का भएको छ । सडक विभागको गुणस्तर अनुसन्धान विकास के...