फोटो फिचर

राष्ट्रिय र सैनिक संग्रहालयमा राष्ट्रपतिका तीन घण्टा (फोटो फिचर)

इकागज | चैत २८, २०७७

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले छाउनीस्थित नेपाली सेनाको संग्रहालयमा  पुगेर अवलोकन गरेकी छन् । उनले शनिबार छाउनीमा रहेको राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालयमा तीन घण्टा विताएकी थिइन् । 

संग्रहालय भनेको सम्बन्धित तथा विभिन्‍न विषयक ज्ञानको भण्डार नै हो । त्यहाँ रहेका पुराना र महत्वपूर्ण बस्तुहरूले आगन्तुक बौद्धिक वर्गलाई अति सारगर्भित, महत्वपूर्ण र उपयुक्त ज्ञान प्रदान गर्ने र विगतबारे जानकारी दिने काम गर्छ । नेपाली सेनाको गौरवमय इतिहासलाई त्यहाँ राखिएको छ ।

राष्ट्रप्रमुखबाट संग्रहालयको अवलोकन पहिलो पटक भएको जानकारी पनि दिइएको छ । राष्ट्रपति भण्डारीलाई संग्रहालयबारेमा संक्षिप्त जानकरी संग्रहालय प्रमुख जयराम श्रेष्ठले दिएका थिए । यस्ता विषयगत संग्रहालयहरूले जानकारीका लागि सहजिकरण हुने गर्छ ।

नेपाली सेनाले पनि आफूसँग जोडिएका विषयलाई लिएर आफ्नो संग्रहालय तयार गरेको छ भने नेपालसँग नै प्रत्यक्ष जोडिएकोलाई भने राष्ट्रिय संग्रहालय भनेको छ । नेपाली सैनिक संग्रहालय, छाउनीमा छ । यसको थालनी २०५७ सालमा नै भएको हो । तत्कालिन राजा विरेन्द्रको जन्मोत्सवको अवसर पारेर ‘नेपाली सैनिक संग्रहालय’को भवनको शिलान्यास भएको थियो । 

त्यसपछि दरबार हत्याकाण्ड र अनेकन चलखेलहरूले गर्दा यसको निर्माण कार्य शिलान्यास भएको झण्डै पाँच वर्ष पछि सुरु भयो । तत्कालिन प्रमुख सेनानी डा.प्रेमसिंह बस्न्यात (सहायक रथीमा अवकास)को नेतृत्वमा बनेको समितिले काम गरेको थियो । यो संग्रहालय यतिबेला सर्वसाधारणको लागि पनि खुला छ । जो सुकैले पनि त्यहाँ पुगेर नेपाली सेना र मुलुकको विगतबारेमा जानकारी लिन सक्छन् । 

फूल राम्रो कि म ?

अजय अलौकिक | चैत २८, २०७७

बेइजिङ : पछिल्लो वर्षको वसन्त ऋतुकालमा कोभिड-१९ महामारीका कारण रङ्गीचङ्गी फूलको मौसममा उद्यानमा बेफिक्री ह…

सरकार सास फेर्न दे !

इकागज | चैत २६, २०७७

काठमाडौँ : वातावरण प्रदूषण बढेको भन्दै बुधबार माइतिघर मण्डलामा वातावरण अभियान्ताहरूले प्रदर्शन गरेका छन् ।…

काठमाडौँमा ढुंगेधाराको टुटी खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन (फोटो फिचर)

सरोज बैजु | चैत २०, २०७७

काठमाडौँ  : काठमाडौँमा औपचारिक रुपमा मेलम्चीको पानी वितरणको शुभारम्भ भएको छ । आज काठमाडौँमा आयोज…

जोशीलाई श्रद्धान्जली दिन विभिन्‍न पार्टीका नेता कांग्रेस पार्टी कार्यालयमा (तस्बिरहरू)

सरोज बैजु | चैत १४, २०७७

काठमाडौँ : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई विभिन्न दलका नेता, कार्यकर्ता र …