फोटो फिचर

[फाेटाेफिचर]

काठमाडौँको अर्को समस्या पोलहरूमा झुन्डिएका तार

अनुज बज्राचार्य | फागुन ८, २०८०

काठमाडौँ- काठमाडौँ​को मुख्य समस्याको रूपमा रहेको छ फोहोरको उचित व्यवस्थापन । यो समस्या हुँदाहुँदै काठमाडौँ​का सडक र मुख्य बजारमा रहेका पोलहरूमा अव्यवस्थित रूपमा झुन्डिएका तारहरू अर्को समस्याका रूपमा देखिएका छन् ।

यहाँका मुख्य बजार र सडकमा प्राधिकरण र टेलिकमका पोल छन् र तिनै पोलहरूमा असरल्ल अव्यवस्थित तरिकाले तार झुन्डिएका छन् । यस्ता तारहरूले आम सर्वसाधारणलाई अप्ठ्यारो त भएको छ नै यसले जुनसुकै समयमा ठूलो दुर्घटना पनि निम्त्याउन सक्छ । यी अव्यवस्थित झुन्डिएका तार व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरपालिका, विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले त्यति चासो दिएको जस्तो देखिँदैन ।

विद्युत् प्राधिकरणले जमिनमुनि पाइपभित्र तार राखिने योजना त ल्यायो तर उक्त योजना उचित रूपमा सञ्चालन हुन सकेको छैन ।

यी अव्यवस्थित केबल र तारहरूले काठमाडौँ सहरको सौन्दर्यलाई त हानी गरेको छ नै दुर्घटना र आगलागीको गम्भीर जोखिम पनि यसले निम्त्याएको छ । यो अनुगमनको जिम्मेवारी कसले लिने ? भन्ने प्रश्न स्थानीयवासीहरूसँग छ । तर, यसकी जवाफ भने आजसम्म कुनै निकायले दिएको जस्तो देखिँदैन । 

महानगरले सडकमा भएका अव्यवस्थित तारहरूको उचित व्यवस्थापन गर्न नसक्दा आम सर्वसाधारणलाई जोखिमपूर्ण अवस्था सिर्जना भएको स्थानीयहरूको गुनासो छ ।​

श्रीपञ्चमीमा बालबालिकालाई अक्षरारम्भ गराइँदै (फोटो फिचर)

अनुज बज्राचार्य | फागुन २, २०८०

काठमाडौँ- ज्ञान, बुद्धि, प्रतिभा, स्मरण शक्ति, वाक शक्ति, सोच र निर्णय शक्ति प्राप्त गर्ने एक मात्र सरल उपाय ...

भृकुटीमण्डपमा दुर्गा प्रसाईं नेतृत्वको 'महाअभियान' को कार्यक्रम [तस्बिरहरू]

अनुज बज्राचार्य | फागुन १, २०८०

काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्था​ले काठमाडौँको भृकुटीम...