फोटो फिचर

पोखरीमा बाख्रा डुबाएर लुछाचुँडी गर्ने अनौठो जात्रा [फाेटाेफिचर]

अनुज बज्राचार्य | भदौ १६, २०८०

काठमाडौँ- ललितपुरको खोकनास्थित देवपोखरीमा नेवार समुदायले गाईजात्राको भोलिपल्ट मनाउने देवपोखरी जात्रा अनौठो छ ।

शनिबार रुद्रायणी मन्दिर र पोखरी आसपासमा देवपोखरी जात्रा हेर्ने मानिसहरूकाे भिडमा एक युवा देखिन्छन् । जसको काँधमा हुन्छ कालाे र सेताे रंगको पाठी । ती युवा सरासर पोखरी छेउ पुग्छन् र काँधमा रहेकाे पाठी बोकेरै पोखरीमा हाम फाल्छन् । अन्य युवाहरू पनि पोखरीमा थपिन्छन् र बाख्रालाई पोखरीमा डुबाउँछन् । यसरी सुरु हुन्छ याे जात्रा ।

पौडीबाज युवाहरूको हातबाट फुत्केर सास फेर्न पाठी अनेक प्रयत्न गरे पनि युवाहरूकाे याे जमातले पाठीलाई फेरि पानीमुनि दबाउँछन् ।

र, अब सुरु हुन्छ बाख्रा खोसाखोसको क्रम । १५–२० जना युवाहरू भिन्नभिन्न समूहमा बाँडिएर मरिसकेको बाख्रालाई लुछाचुँडी गरेर आफ्नो कब्जामा लिन प्रयत्न गर्छन् ।

 

 

 

खुसी साट्न एकाबिहानै तातोपानी पुगे माओवादी सांसद सापकोटा {तस्बिरहरू}

इकागज | भदौ १५, २०८०

काठमाडौँ- नेपाल चीन तातोपानी नाकाबाट आठ वर्ष पछि मानव आवतजावत सुरु भएको छ । शुक्रबार लिपिङस्थित मिते...

ताताेपानीबाट चीनतर्फ जान स्थानीयकाे लाम, नाका खुलेपछि कसले के भने ? (फाेटाेफिचर)

इकागज | भदौ १५, २०८०

काठमाडौँ- नेपाल–चीनबीचको एक मात्र स्थलमार्ग तातोपानी नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याइ...

नेविसंघको नारा : 'डिन तेरो पाराले, दु:ख पायो साराले' (तस्बिरहरू)

इकागज | भदौ १०, २०८०

काठमाडौँ- इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्रीको सरक...