फोटो फिचर

राष्ट्रिय एकता दिवस

पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण [फाटोफिचर]

अनुज बज्राचार्य |
पुस २७, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिएको हो ।​ 


पृथ्वीजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलद्वारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिएको छ । राजसंस्था समर्थक, सर्वसाधारणलगायत बाजागाजासहित पुगेर शाहको सालिकमा माल्यार्पण गरिएको हो ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार