फोटो फिचर

सफा हुँदै काठमाडौंका खोला र सडक (फोटो/भिडियो)

शुरज थपलिया |
बैशाख १६, २०८१ बजे

काठमाडौँ  - काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजना अन्तर्गत खोलानाला सफा गरिरहेको छ । महानगरले तीव्रताका साथ खोलानालाको सफाइ अन्तर्गत धोबीखोला करिडोरको सफाइ गरिरहेको छ ।

दैनिक ५५ जना सफाइ कर्मचारीले धोबीखोलाको सफाइ गरिरहेका छन् । नगरसभाबाट पारित स्वर्णिम योजना २०८०/०८१ अन्तर्गत खोलाको सफाइको कामलाई निरन्तरता दिएको छ । महानगरले खोलामा फोहोर जम्मा हुन नदिने र उम्रेका झार फाल्ने गरेका छन् ।


हालसम्म महानगरले ८ वटा खोलाको सफाइ गरिसकेको छ । विष्णुमती, टुकुचा र बल्खु लगायत अन्य खोलाको पनि सफाइ गरिरहेको छ ।

यस्तै महानगरले दैनिक सडक किनारका फोहोर सफा गर्ने कामलाई पनि तीव्रता दिएको छ । 

हेर्नुहोस् भिडियो



Author
थप समाचार