फोटो फिचर

थारू समुदायले मनाए माघी पर्व [फोटोफिचर]

अनुज बज्राचार्य |
माघ १, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व साेमबार देशभर मनाइएकाे छ । यसै क्रममा थारू समुदायले बसन्तपुरदेखि टुँडिखेलसम्म र्यालीकाे आयोजना गर्दै माघे सङ्क्रान्ति मनाएका छन् ।


सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।​



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार