[भिडियोसहित]
धुम्म काठमाडौँ (फोटो फिचर)
काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । राजधानी काठमाडौँमा पनि चिसो बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।
काठमाडौँमा पनि आज बिहान धुम्म थियो । केही समयअघिदेखि भने घाम लागेको छ ।
भिडियो: