दल

कोइराला निवासमा चियापान (तस्बिरहरू)

इकागज |
माघ १०, २०८० बुधबार १०:२६ बजे

काठमाडौँ- आसन्न राष्ट्रिय सभालाई मध्यनजर गर्दै विराटनगरको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर निवासमा चियापान गरेका छन् । 

कोइरालाले कोशी प्रदेश सभाका सदस्यहरू तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि चियापान आयोजना गरेका हुन् । 


बुधबार बिहान साढे बजेबाट चियापान सुरु भएको कोइरालाको सचिवालयले जनाएको छ । चियापान कार्यक्रममा नेपाली कांग्रेस महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, खेलकुदमन्त्री डिगबहादुर लिम्बूलगायत कोशीका प्रदेश सभाका सदस्यहरू तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति थियो ।

 

 


Author

थप समाचार
x