फोटो फिचर

गोली ठोकेर ल्याएको गणतन्त्रमा हराएका सहिद [फोटोफिचर]

शुरज थपलिया |
माघ १५, २०८० बजे

तस्बिरहरू : शुरज थपलिया/इकागज

काठमाडौँ- सहिद भन्ने बित्तिकै सबैलाई चार सहिदको नाम स्मरण हुन्छ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्द । यी चार सहिद सँगै अर्को एउटा नाम पनि नेपालीहरूले सदैव सम्झिरहेका हुन्छन् । उनी हुन् नेपालको पहिलो सहिद लखन थापा मगर । देशका लागि जीवन आहुति दिने सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते मुलुकभर सहिद दिवस मनाइन्छ । देश र जनताको मुक्तिका लागि जीवन बलिदान गर्ने सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गर्दै माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको हो ।

सहिद शुक्रराज शास्त्री ।


सहिद शुक्रराज शास्त्रीलाई वि.स १९९७ साल माघ १० गते राति टेकुको एक रुखमा झुण्ड्याएर फाँसी दिइयो । उनले राणा शासनविरुद्ध पहिलो पटक आमसभा गरेका थिए । राणा शासनविरुद्ध गतिविधि गरेका कारण उनलाई राजद्रोहको मुद्दा लगाइएको थियो ।

सहिद धर्मभक्त माथेमा । 

यस्तै, धर्मभक्त माथेमालाई विस १९९७ माघ १३ गते राति सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । उनलाई उनकै चेला नरशमशेर राणाले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । अन्तमा बेहोस भएका धर्मभक्तलाई डोरीमा झुण्ड्याइयो । बिहानीपख मृत्यु भएका धर्मभक्तको शव दिउँसो ४ बजेसम्म पनि कसैलाई उठाउन दिइएन । 

सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठ ।

हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । त्यस बखत एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरूलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो ।

सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठ ।

त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो । बैतडीमा जन्मिएका दशरथ चन्दले भारतमा महात्मा गान्धीले सुरु गरेको सत्याग्रहमा पनि सक्रियता पूर्वक भाग लिएका थिए ।

सहिद गेटको शिरमा राजा त्रिभुवनको सालिक ।

काठमाडौँको सुन्धारामा रहेको सहिद गेट ।

राणा शासन निकै क्रूर थियो । राणा कालमा सर्वसाधारण जनताले नुन खान पाउँदैनथे । आफूले जे उब्जायो, त्यही खानुपर्थ्यो । शासकको पहुँचमा हुनेले मात्र नुन खान पाउँथे । सर्वसाधारणले पढ्न नपाउने, घरका छोरीहरू सुरक्षित राख्न नसकिने कालो र कठिन समय थियो । नुन खान नपाउने अवस्थाबाट मौलिक अधिकार र मानव अधिकारको पूर्ण प्रयोग गर्ने अवस्था सहिदहरूको त्याग र बलिदानबाट आएको हो ।

सहिद धर्मभक्त माथेमा ।

सहिद शुक्रराज शास्त्री ।

सहिद गेट ।

सहिद शुक्रराज शास्त्री ।

सहिद धर्मभक्त माथेमा ।



Author
थप समाचार