समाज

आहा टौदह (फोटो फिचर)

अनुज बज्राचार्य |
पुस २६, २०८० बिहीबार ९:२० बजे

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- काठमाडौँको कीर्तिपुर नगरपालिका-१५ पर्छ टौदह । काठमाडौँ उपत्यकाको एउटा ऐतिहासिक तथा पर्यटकीय पोखरी टौदह करिब २१० मिटर लामो र १८० मिटर चौडा छ ।

‘तः दह’को अपभ्रंश भएर टौदह भएको हो । ‘तः दह’ भनेको नेवारी भाषामा ठूलो पोखरी हो ।


त्यसोत हिजो आज टौदहको सिमसार क्षेत्रमा सूर्य उदाएसँगै रूखका हाँगाहरूमा बसाइँ सर्ने चराचुरुङ्गीहरू बस्न थालेका छन् । काठमाडौँ उपत्यकामा चरा अवलोकनका लागि टौदह सबैभन्दा लोकप्रिय स्थल मानिन्छ ।

टौदह धार्मिक महत्वका कारण पनि चिनिन्छ । टौदहमा बसोबास गर्ने र प्रवासी दुवै प्रकारका एक सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीहरू पनि पाइन्छ । प्रत्येक वर्ष धेरै प्रजातिका चराहरू टाढाका ठाउँहरूबाट टौदहमा बसाइँ सर्छन्, केही साइबेरियाबाट पनि आउँछन् ।

 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x