फुटबल

फ्रेन्च लिग वानमा कमजोर टिमसँग पीएसजीले खेल्यो बराबरी

इकागज |
बैशाख १६, २०८१ आइतबार १०:२२ बजे

काठमाडौँ- फ्रेन्च लिग वानअन्तर्गत शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कमजोर टिमसँग बराबरी खेलेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले १५ औँ स्थानमा उक्लिएको हाभ्रेसँग ३-३ गोलको बराबरी खेलेको हो । बराबरीसँगै पिएसजीले लिग वानको उपाधि उचाल्न केही समय पर्खनुपर्ने भएको छ ।


बराबरीपछि शीर्ष स्थानको पीएसजीले ३१ खेलबाट ७० अंक जोडेको छ । पीएसजीले अब केवल ३ खेल खेल्न बाँकी छ । यता दोस्रो स्थानको मोनाकोको ५८ अंक छ र उसले ४ खेल खेल्न बाँकी छ ।

ले हाभ्रे भने ३१ खेलबाट २९ अंक जोड्दै १५ औँ स्थानमा उक्लिएको छ ।

शनिबार रातिको खेलमा पीएसजीका लागि ब्राडली बारकोला, अचरफ हकिमी र गोन्कालो रामोसले एक-एक गरे भने ले हाभ्रेका लागि क्रिस्टोफर ओपेरी, आन्द्रे अवेव र अब्दोलाय टूरेले एक-एक गोल गरे ।


Author

थप समाचार
x