फोटो फिचर

दाम्मी दार्जिलिङ [फाेटाे फिचर]

इकागज | असोज २२, २०७९

काठमाडौँ- दार्जिलिङमा चिसो बढ्दै छ । आगन्तुकहरूको चाप पनि बढ्दैछ। तर दार्जिलिङले देश-देशावरमा आगन्तुक आफूतिर तान्ने क्रम पनि जारी राखेको छ । नेपाल र अन्य मुलुकबाट घुम्नका लागि पुगेका मानिस यत्रतत्र भेटिन्छन् ।

देवी-देवताका मन्दिर। मन्दिरदेखि तल उभिएको भव्य सरकारी भवनको टुप्पोमा डल्लै पृथ्वी र त्यसमाथि खुकुरी सोझ्याएर उभिएको फुर्तिलो सैनिक ।

चोकमाथिको मन्दिर क्षेत्रको पृष्ठभूमिमा सेतै हिमश्रृंखला। हिमालय अघिल्तिरका पहाडका गरा-गरामा लेकदेखि बेँसीसम्मै हरिया चियाबारीले आगन्तुकलाई बोलाइरहेका जस्ता देखिन्छन् ।

तस्बिरमा देख्न सकिन्छ दार्जिलिङ,सिक्किम र नेपालको चिया बगान । तस्बिरमा देखिएका पूर्वी नेपाल र भारतको पश्‍चिम बंगालको परिवेशलाई झल्काउँछ ।

काठमाडौँ महानगरले भत्कायो वीर अस्पताल क्षेत्रको अनधिकृत संरचना (फोटो फिचर)

इकागज | असोज ६, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । बिहीबार महानगरले ...

राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीको प्रदर्शन

अनुज बज्राचार्य | असोज ५, २०७९

काठमाडौँ- संसद्‍ले पारित गरेको नागरिकता सम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डार...

'नागरिकता बेच्न पाइँदैन' भन्दै राष्ट्रपतिको कदमप्रति समर्थन जनाउँदै प्रदर्शन

अनुज बज्राचार्य | असोज ५, २०७९

काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमप्रति ...