फोटो फिचर

यसरी भेटियाे हराएकाे टुकुचा खाेला [फाेटाे फिचर]

इकागज | भदौ ३०, २०७९

काठमाडौं– बिहीबार राजधानीकाे हात्तीसारमा रहेकाे जयनेपाल सिनेमा घरकाे कम्पाउण्ड खाेतल्दै जाँदा हराएकाे टुकुचा खाेला भेटियाे । काठमाडौं महानगरपालिकाको डोजर हात्तीसारस्थित जय नेपाल हल पुगेको थियो । डोजरले हलको कम्पाउण्ड खोतल्दै थियो । निस्कियो खोला।

१५ फिट गहिराे खाडल खन्दै हराएकाे खाेला फेला परेकाे थियाे ।

महानगर हराएको टुकुचा खोज्दै थियो । त्यसैका लागि आज हलको कम्पाउण्ड खोतलेको हो । खोलाको बहाव क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला परेको महानगरले जनाएको छ । फेला परेकाे खाेला सलल बगिरहेकाे देख्न सकिन्छ ।

यसअघि महानगरले  खोलाको बहाव क्षेत्र पत्ता लगाउन सूचना जारी गरेको थियो ।

'गरिखान देऊ' भन्दै महानगर घेर्न पुगे फुटपाथ व्यापारी (तस्बिरहरू)

अनुज बज्राचार्य | भदौ ३०, २०७९

काठमाडौँ - काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघ आन्दोलित भएको छ ...

इन्द्र जात्राकाे आज अन्तिम दिन, महिलाहरुले ताने रथ (फोटो फिचर)

अनुज बज्राचार्य | भदौ २९, २०७९

काठमाडौं– आज इन्द्र जात्राको आठौं दिनमा महिलाहरुले रथ तानेर यात्रा सुरु गरेका छन् । जात्राको अन्ति...