फोटो फिचर

नागरिकता विधेयक खारेजीको माग गर्दै बानेश्वरमा प्रदर्शन

इकागज | भदौ १८, २०७९

काठमाडौँ- विवादास्पद नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा खारेजीकाे माग गर्दै नागरिक समाजले दबाबमूलक प्रदर्शन गरेको छ । स्वतन्त्र नागरिकले विभिन्न प्लेकार्डसहित नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अघि प्रदर्शन गरेका हुन् । उनीहरूले आम नागरिकलाई नागरिकता विधेयक खारेजीका लागि सहयोग गर्न अपीलसमेत गरेका छन् । 

‘मुलुक बचाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो। कर्तव्य बोध गरौं। दल, राजनैतिक विचार र आस्थाभन्दामाथि उठी विशुद्ध नागरिकको रुपमा एकजुट हौं,’ अपीलमा भनिएको छ ।

डेङ्गुका बिरामीले भरिए टेकु अस्पतालका बेड (फोटो फिचर)

अनुज बज्राचार्य | भदौ १४, २०७९

काठमाडौँ - काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गुका बिरामी बढ्दै गएका छन् । विशेषगरी जनघनत्व ...