पाथिभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा

इकागज | फागुन ९, २०७९

इलाम -  रोङ गाउँपालिकास्थित पाथिभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा आएको छ । हासपोखरीस्थित कुट्टीडाँडामा अवस्थित पाथीभरा मन्दिरको संरक्षण र प्रवद्र्धनको जिम्मा गाउँपालिकामा आएको हो । 

पालिकाले नयाँ समिति बनाएर व्यवस्थापनको जिम्मा लगाएको छ । उपप्रधानमन्त्री तथा जलस्रोत, सिँचाइ र ऊर्जामन्त्री राजेन्द्र लिङ्देनको उपस्थितिमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले दिलीप राईको अध्यक्षतामा समिति गठन गरी व्यवस्थापनको जिम्मा लगाइएको हो । गाउँपालिकाले बनाएको समितिले काम सुरु गरिसकेको छ । मन्दिरको विकास, प्रवद्र्धनलगायत काम गर्ने गरी जिम्मेवारी हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । 

छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब गाउँपालिकामा रहने गरी ल्याउन लामो समयदेखि पहल भइरहेको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँसभाबाट गत माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाइ जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको हो । 

राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था,  चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट एक एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको छ । बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर रु एक करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य  गाउँपालिकाको छ ।  
रासस

सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण –सभामुख गौतम

इकागज | फागुन ८, २०७९

विराटनगर - प्रदेश नं १ का सभामुख बाबुराम गौतमले सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमि निकै महत्वपूर्ण ह...

प्रदेश राजधानीसँग प्रशासनिक सुगमता कायम गर्न सोलु र ओखलढुंगाका सांसदको माग

बाबुराम भण्डारी | फागुन ८, २०७९

विराटनगर - सोलुखुम्बु र ओखलढुंगाका प्रदेश सभा सदस्यहरूले प्रदेश १ को राजधानी विराटनगरसँग प्रशासनिक सुग...

'सजिलो काम गर्न जन्मेको होइन, म अप्ठ्यारो र असम्भव लाग्ने काम गर्न जन्मेको हुँ'

इकागज | फागुन ७, २०७९

काठमाडौँ- प्रदेश १ मा १ सय ३७ वटा स्थानीय तह छन् । एक महानगरपालिका, दुई उपमहानगरपालिकासहित १ सय ३७ व...

पूर्वराजा ज्ञानेन्द्रलाई बोलाएर कार्यक्रम गरेपछि दुर्गा प्रसाईंलाई एमालेले गर्‍यो कारबाही सिफारिस

इकागज | फागुन ६, २०७९

झापा- नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्र...

विराटनगर विमानस्थलमा आन्तरिकतर्फ अहिलेसम्मै ठूलो टर्मिनल भवनको शिलान्यास

बाबुराम भण्डारी | फागुन १, २०७९

विराटनगर - विराटनगर विमानस्थलमा १६ हजार २७७ वर्ग मिटरको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण काम अघि बढेक...