खोज्दैछ वीरगञ्ज महानगरपालिका

कहाँ हरायो माइराम पोखरी ?

इकागज | फागुन १८, २०७९

वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ । वीरगञ्जको यो काम पहिलोपटक होइन, यसलाई निरन्तरता मात्र दिएको हो। १५ कात्तिकमा पहिलोपटक वीरगञ्ज महानगरले माइराम पोखरीको जग्गा मिचेर बनाइएका संरचनाका मालिकहरूलाई खाली गर्न सुझाव दियो। साथै, संरचनाको निस्सा पेश गर्न सम्बन्धित व्यक्तिलाई पत्र काट्यो।

२०२२ सालको नापीमा पोखरी चार बिघा १८ कठ्ठा क्षेत्रफलमा फैलिएको देखिएको छ। उक्त क्षेत्रको जग्गा अतिक्रमण गरेर अवैध संरचना बनाउन थालेपछि ‘माइराम पोखरी’ १८ कट्ठामा मात्रै सीमित बनेको छ। पोखरीबाट बचेको जग्गामा अहिले ‘चिल्ड्रेन पार्क’ बनाइएको छ।

कुनै बेला चार बिघाभन्दा ठूलो माइराम पोखरीमा पानी थियो। जलकुम्भी फुल्थे। तर अचानक बीच सहरबाट त्यत्रो ठूलो पोखरी गायब भयो । कहाँ गयो माइराम पोखरी ? त्यही खोज्दैछ वीरगञ्ज महानगरपालिका ।

वीरगञ्ज महानगर त्यहीँ बिन्दुमा रोकिएन, नगर प्रहरी र नक्सा शाखाका कर्मचारीसहितको टोलीले घरमै पुगेर निस्सा पेश गर्न जानकारी दियो। तर, अवैध संरचनामाथि रजगज गर्दै आएकाहरूले महानगरको पत्र, सुझावलाई वेवास्ता गरेपछि पुनः संरचनामाथि डोजर चलाएको हो।

वीरगञ्ज महानगरपालिका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारले भने, ‘पोखरीको जमिन अतिक्रमण गरेर संरचना बनेका थिए। हामीले निस्सा पेश गर्न आग्रह गर्‍यौँ। एकदमै कमले मात्रै निस्सा बुझाए। निस्सा नबुझाएकाहरूको संरचना भत्काएका हौँ। अब यसलाई निरन्तरता दिन्छौँ।’ 

उनका अनुसार, चिल्ड्रेन पार्कको पूर्वतर्फ अवैध रुपमा बनाइएका ७ संरचना भत्काइएको छ। एडभान्स अस्पताल, शान्ति पोलिक्लिनिकसहित अन्य अवैध संरचनामाथि डोजर लागेको हो। पोखरीको जमिन अतिक्रमण गरेर विभिन्न संरचना भत्काइने वीरगञ्ज महानगरपालिकाले जनाएको छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रदेश सभाभित्र एकल नाम 'कोशी'मा छलफल जारी, बाहिर विरोधमा नाराबाजी

बाबुराम भण्डारी | फागुन १७, २०७९

विराटनगर- प्रदेश १ को प्रदेश सभाभित्र 'कोशी' प्रदेश नामकरण गर्ने एकल प्रस्तावमाथि छलफल चलिरहँदा ...

रोष्टममै राेइन् मन्त्री लिम्बु, पहिचानसहितको नाम राख्न नसकेकोमा दुखेसो

बाबुराम भण्डारी | फागुन १७, २०७९

विराटनगर- प्रदेश १ की स्वास्थ्यमन्त्री निर्मला लिम्बु रोष्टममै रोएकी छन् । प्रदेश सरकारमा जसपाबाट मन्त्री...

प्रदेश १ नामकरणको प्रक्रिया सुरु, कांग्रेस समर्थक नबसी 'कोशी' नाममा समर्थन जनाउँदै

बाबुराम भण्डारी | फागुन १७, २०७९

विराटनगर- प्रदेश १ को नाम 'कोशी' राख्न सहमत भएको नेपाली कांग्रेस उक्त प्रस्तावको समर्थकबाट ...

सभामुख गाैतम भन्छन् : नामकरण नगर्नु भनेको संघीयता विरोधीलाई बल पुर्‍याउनु हो

इकागज | फागुन १७, २०७९

विराटनगर- प्रदेश १ को प्रदेश सभाको १३ औं बैठक सुरु भएको छ । बैठकले प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पेस&...

प्रदेश नामकरणको तयारी, प्रदेश सभा वरिपरिदेखि मुख्यमन्त्रीको निवाससम्म निषेधित क्षेत्र घोषणा

बाबुराम भण्डारी | फागुन १७, २०७९

विराटनगर - जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा सम्वेदन शीलताको कारण देखाउँदै प्रदेश सभा र मुख्यमन्त्री ...

नेकपा एस र जसपाको नेतृत्वमा 'किरात-लिम्बुवान-सगरमाथा' नाम दर्ता

बाबुराम भण्डारी | फागुन १७, २०७९

विराटनगर - प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले 'किरात-लिम्बुवान-स...