तुलसी बहुमुखी सहकारीका दुई पदाधिकारी र क्षेत्रीय प्रबन्ध पक्राउ

इकागज | फागुन २९, २०७९

विराटनगर । विराटनगर–२ मा केन्द्रीय कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाका तीन कर्मचारी पक्राउ परेका छन् । उनीहरु विरुद्ध सर्वसाधारणको बचत रकम ठगी गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गर्दै सहकारीसम्वद्ध ८ जनाविरुद्ध ठगी मुद्दामा हालसम्म १२१ जनाको जाहेरी प्राप्त भएको र सोही जाहेरीका आधारमा सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी उपरीक्षक दिपक पोखरेलले सहकारीका अध्यक्षसहित अन्य पाँचजनाको खोजी भइरहेको बताए ।

नेपालभर कार्यक्षेत्र रहने गरी २०५२ चैत १३ मा दर्ता भएको तुलसी सहकारीले विराटनगरमा केन्द्रीय कार्यालय सञ्चालन गर्दै झापा, उदयपुर तथा सिरहाको गोलबजारमा सेवा केन्द्र सञ्चालन गरेको थियो । सहकारीले सर्वसाधारणबाट करिब दुई अर्ब रुपैयाँ बचत तथा मुद्दती निक्षेप संकलन गरेको अनुमान छ ।
सञ्चालकहरुले सहकारीमा जम्मा भएको रकमलाई नियमविपरीत विभिन्न सहायक कम्पनीहरुमा लगानी गरेका छन् ।  

सहकारीका २१ हजार ७१३ जना बचतकर्ता सदस्यको बचत रकम अहिले जोखिममा परेको छ । मोरङका मात्रै चार हजार बढी सदस्यहरूले सहकारीमा रकम बचत गरेको पाइएको प्रहरीले जनाएको छ ।

बचतकर्ताहरुले तीन हजार रुपैयाँको चेक पनि नसाटिएपछि सहकारीको कारोबारमा आशंका गरेका थिए । त्यसपछि सयौं बचतकर्ताले विराटनगरसहित झापा र उदयपुरको सेवा केन्द्रमा आफ्नो बचत रकम फिर्ता माग्दै आन्दोलित बनेका थिए । 

सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत र साधारण बचत लगायत खाताहरुमा सर्वसाधारणबाट बचत र निक्षेप संकलन गरेको पाइएको छ । शेयर सदस्य हुँदा १५ प्रतिशतभन्दा बढी ब्याज पाइने, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने प्रलोभनमा पारेर निक्षेप संकलन गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक पोखरेलले बताए । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने फरार भइसकेका छन् । 

‘उजुरी प्राप्त भएका १२१ जनाबाट हालसम्म १२ करोड ९ लाख ४ हजार ४८७ रुपैयाँ ठगी भएको दाबी प्राप्त भएको छ’ प्रहरी उपरीक्षक पोखरेलले भने, ‘अहिलेसम्मको अनुसन्धानमा आठ जनाविरुद्ध उजुरी देखिन्छ, तीनजनालाई हामीले पक्राउ गरिसकेका छौं, अरुको खोजी सोमबारदेखि नै सुरु गरिसकेका छौं ।’
पक्राउ परेका तिनैजनालाई जिल्ला अदालत मोरङमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । प्रारम्भिक अनुसन्धानले सर्वसाधारणको निकै ठुलो रकम हिनामिना भएको हुनसक्ने देखिएको बताए । साथै उक्त सहकारीबाट ठगिएका बचतकर्ता पीडितहरुले पाँच दिनभित्र जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिन समेत आग्रह गरिएको जनाइएको छ ।

पूर्वमुख्यमन्त्री राई भन्छन्- पहिलो कार्यकालमै  टोल–टोलमा विकास र बजेट पुर्‍याइयो

इकागज | फागुन २९, २०७९

काठमाडौँ - कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली स...

नेपाली सेनाले बनाएकाे विराट राजाको दरबार संग्रहालय महानगरलाई हस्तान्तरण

बाबुराम भण्डारी | फागुन २८, २०७९

विराटनगर। नेपाली सेनाले चार महिनाम लगाएर बनाएको विराटनगर–१८ भेडियारीस्थित ऐतिहासिक विरा...

कोशी प्रदेश नाम राखिएको विरोधमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प

इकागज | फागुन २८, २०७९

खोटाङ- प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्...

स्ववियु निर्वाचन: पाँच विद्यार्थी संगठन मिल्दा धनकुटा क्याम्पसमा सर्वसम्मत

इकागज | फागुन २७, २०७९

विराटनगर - करिब १४ बर्षदेखि स्ववियूविहिन बनेको धनकुटाको धनकुटा बहुमुखी क्याम्पसमा पाँच प्रमुख विद्यार्थी...

स्ट्रेन्थलिफ्टिङकी अन्तर्राष्ट्रिय स्वर्णधारी दीपालाई सुन्दरहरै‌चाले दियो खेल सामग्री

बाबुराम भण्डारी | फागुन २३, २०७९

विराटनगर - स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेञ्च प्रेस (आईबीपी) को अन्तर्राष्ट्रिय प्रतियोगीतामा नेपालका लागि ग...

जिम्मेवारी लिएर प्रदेशको नामकरण गरेका हौं : मुख्यमन्त्री कार्की

इकागज | फागुन १८, २०७९

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नामकरणको प्रक्रियामा विगत सरकारका नेतृत्वले गरेक...