राजेशपायल राई नगर सद्भावना दुत नियुक्त

इकागज | चैत २२, २०७९

खोटाङ- चर्चित गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दुत नियुक्त भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मिएका गायक राईलाई चैत १९ गतेको नगर कार्यपालिकाको बैठकले नगर सद्भावना दुत नियुक्त गर्ने निर्णय गरेको हो । 

‘राई इज किङ’का रुपमा नेपाली सांगीतिक क्षेत्रमा परिचित राईलाई नगरपालिकाको शान, मान र स्वाभिमानको रुपमा नगर सद्भावना दुत नियुक्त गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिएका छन् । ‘हाम्रो निर्णयपछि गायक राई नगरपालिकाको समृद्धि र पहिचानका लागि नगर सद्भावना दुतको रुपमा सक्रिय रहनु हुनेछ,’ मेयर भट्टराईले भने, ‘उहाँको नियमित हुने देश–विदेशको भ्रमणले देश विदेशमा दिक्तेल नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा विश्वस्त छौँ ।’ 

नगरपालिकाले ३७ सदस्यीय थिंक ट्यांक (प्राज्ञ/विज्ञ समूह), २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाहकार, २८ सदस्यीय समृद्ध नगर श्रोत व्यवस्थापन सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार र १९ सदस्यीय विभिन्न विद्याका सल्लाहकार चयन गरेको छ ।

नगरपालिकामा देशका वरिष्ठ चित्रकारको उपस्थितिमा आगामी आर्थिक वर्ष अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको मेयर भट्टराईले जानकारी दिए । 

सरकारले एडिबीबाट एक प्रतिशतमा ऋण लिएर धरानलाई पाँच प्रतिशतमा दिएको छ : मेयर हर्क साम्पाङ

इकागज | चैत १६, २०७९

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा एशियाली बैंकसँग एक प्रतिशतम...

पदम लिम्बुको शवको भएन पोष्टमार्टम, छानबिन समितिलाई प्रतिवेदन बनाउन कठिन

बाबुराम भण्डारी | चैत १५, २०७९

विराटनगर । संघीय लिम्बुवान राष्ट्रिय मञ्चसम्बद्ध युवा फोर्सका उप–कमाण्डर पदम लिम्बु (लाजेहाङ) क...

प्रहरीद्वारा ४४ राउण्ड अश्रु ग्यास र २९ राउण्ड हवाई फायर, १८ प्रहरी र १३ प्रदर्शनकारी घाइते

बाबुराम भण्डारी | चैत १४, २०७९

विराटनगर- कोशी प्रदेश खारेजको माग गर्दै मंगलबार विराटनगरमा भएको प्रदर्शनपछिको झडपमा प्रहरीले ४४ राउण्ड ...

कोशी प्रदेश नाम खारेजी मागको प्रदर्शनमा दोहोरो झडप, पानीको फोहरा र अश्रुग्यास प्रहार

बाबुराम भण्डारी | चैत १४, २०७९

विराटनगर । कोशी प्रदेशको नाम संशोधनको माग राख्दै गरिएको प्रदर्शनमा दोहोरो झडप भएको छ । प्रदेशको ऐतिहास...