वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

इकागज | चैत २८, २०७९

विराटनगर - विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ । केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो । 

विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बारम्बार दोहोर्याउँदै आएका छन् । उनले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई  पार्किङ निषेध, कर सङ्कलनलगायतका अभियान सञ्चालन गरिरहेको सुनाए। पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ । 

उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरे । “विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ”, प्रमुख कोइरालाले भने, “सहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु ।” ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरवासीबाट थुप्रै सुझाव आएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिए ।
 

नक्कली परीक्षार्थी पक्राउ परेका मोरङका सात विद्यालयमा शुक्रबार थप १७९ जना अनुपस्थित

बाबुराम भण्डारी | चैत २४, २०७९

विराटनगर- बिहीबार एसईई परीक्षामा सम्मिलित दुई सय नक्कली परीक्षार्थी पक्राउ परेका मोरङका तीन विद्याल...

मोरङमा तीन वटा विद्यालयबाट सामाजिक विषयका दुई सय नक्कली परीक्षार्थी पक्राउ

बाबुराम भण्डारी | चैत २३, २०७९

विराटनगर- यस वर्षको जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा अन्तरगत बिहीबारको सामाजिक विषयको परीक्षा...

विराटनगरलाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी

इकागज | चैत २३, २०७९

विराटनगर - विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने त...

१० खेलाडी कोशी प्रदेश सरकारबाट सम्मानित, ललित र दिपेशलाई जनही १ लाख ११ हजार १११

इकागज | चैत २२, २०७९

विराटनगर - कोशी प्रदेश सरकारले राष्ट्रिय क्रिकेट खेलाडी ललित राजवंशी र अन्डर–१९ का दिपेश कँडेलला...

विराटनगरमा संक्रामक रोग अस्पताल बन्यो, तर बनेन सञ्चालन कार्यविधि

बाबुराम भण्डारी | चैत २२, २०७९

विराटनगर । तीन वर्षअघि कोभिड–१९ महामारी सुरु हुँदा कोशी प्रदेश सरकारले निर्माण गरेको कोभिड&nda...