चार दलकाे समर्थनमा सभामुखको उम्मेदवार बने माओवादीका गौतम

इकागज | पुस २६, २०७९

विराटनगर । प्रदेश १ को सभामुख पदका लागि माओवादी केन्द्रका बाबुराम गौतम सत्ता साझेदारका तर्फबाट उम्मेदवार बनेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले पुस २८ मा सभामुखको निर्वाचन गर्न समय तोकेपछि प्रदेशसभा सचिवालयले आजै सूचना निकालेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

कार्यतालिका अनुसार अपरान्ह ३ देखि ५ बजेसम्म सभामुख पदका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । सत्ता साझेदार दलहरुबीच भएको सहमति अनुसार प्रदेश १ मा पाँच वर्षका लागि सभामुख पाएको नेकपा माओवादी केन्द्रका तर्फबाट गौतम सभामुखको उम्मेदवार बनेका हुन् । ओखलढुंगा प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित गौतमलाई सभामुख बनाउन नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रस्ताव गरेका छन् ।

मनोनयन पत्रमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य नारायणबहादुर मगर, नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जगेवु र राप्रपाका गोपाल बहादुर विश्वकर्माले समर्थन गरेका हुन् ।

एमालेका प्रमुख सचेतक भण्डारीले आफूहरुले केन्द्रीय सहमति अनुसार भएका निर्णयहरुमा सत्ता साझेदारहरुबीच भएको पद भागबण्डामा समर्थन गर्ने नीति लिएको बताए । उनले माओवादी केन्द्रबाट सभामुखको उम्मेदवार बनाइएका गौतमलाई एमालेले निर्वाचित गराउने बताए । ‘हामीले सहमति अनुसार सदाशयता राखेका छौं’ भण्डारीले भने, ‘उपसभामुखमा स्वभाविक रुपमा एमाले हुने सहमति छ, त्यसमा वहाँहरुले पनि राख्नुहुनेछ भन्ने विश्वास छ ।’

मुख्यमन्त्रीमा आलोपालोको माग गर्दै सोमबार गठित मन्त्रिपरिषद्‌मा माओवादी केन्द्र सहभागी भएको छैन । सरकारलाई गरेको समर्थन कायमै राखे पनि माओवादी केन्द्र अझै सरकारमा सहभागी नहुँदा सत्ता साझेदार दलहरुबीच अझै पनि विश्वासको बलियो वातावरण बन्न नसकेको नेताहरुले बताएका छन् । संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था अनुसार पुस २८ गते बिहीबार सभामुख र पुस ३० गते शनिबार उपसभामुखको निर्वाचन गर्ने दलहरुबीच सहमति भएको छ ।

प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै तालिकामा हुनेछ । पहिले चरणमा हुने सभामुख निर्वाचनको कार्यतालिका अनुसार पेश भएको उम्मेदवारीमा आजै दाबी विरोध गर्ने र बेलुका ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने मुख्यमन्त्री कार्कीको भनाइ

इकागज | पुस २६, २०७९

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सुशासनका निम्ति भ्रष्टाचारमा शून्य सहनश...

प्रदेशको नाम उच्च प्राथमिकतामा, माओवादी पनि सरकारमा आउँछ : मुख्यमन्त्री कार्की

इकागज | पुस २५, २०७९

विराटनगर - प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण उच्च प्राथमिकतामा रहेको...

सरकारमा सहभागी नहुने माओवादी संसदीय दलका नेताको घोषणा, सांसद भन्छन्– आधिकारिक निर्णय भएको छैन

बाबुराम भण्डारी | पुस २५, २०७९

विराटनगर - मुख्यमन्त्री आकांक्षी नेकपा (माओवादी केन्द्र) प्रदेश १ को का संसदीय दलका नेता ...

सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की

इकागज | पुस २४, २०७९

मोरङ- प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गर...

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

बाबुराम भण्डारी | पुस २४, २०७९

विराटनगर । प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त भएका...